दीपेन्द्र थापा
मंगलबार, माघ ७, २०७६
411

नेपाली बजारमा स्पोर्ट युटिलीटी भेहिकल (एसयूभी)मा ग्राहकको आकर्षण बढेसँगै आयातकर्ता कम्पनीहरूबीच एकपछि अर्काे एड्भान्स कार भित्र्याउने होडबाजी चलेको छ । समय क्रमसँगै ग्राहकको ध्यान साना कारबाट एसयूभीमा मोडिएको छ । कार निर्माता तथा वितरक कम्पनीलाई पनि नयाँ एसयूभी बजारमा ल्याउन प्रोत्साहन गरिरहेको छ ।
पूर्वाधारको गुणस्तरमा कजोर भएसँगै ह्याचब्याक कारलाई एसयूभी गाडीले विस्थापित गर्ने क्रम पनि तीव्र भएको छ । काठमाडौं लगायतका सडकको अवस्था राम्रो नहुँदा ग्राउण्ड क्लेयरेन्स र पावर भएको गाडीमा ग्राहकको रुची बढेर गएको छ । यसलाई नै मध्यनजर गरेर ह्याचब्याक र सेडान छाड्नका लागि उत्कृष्ट विकल्प एसयूभीको विकास भएको छ ।
एसयूभीमा आधुनिक फिचरहरूले यात्रालाई अझै सहज बनाउँछन् भने इञ्जिन पनि शक्तिशाली राखेर निर्माण भएका छन् । साथै माइलेजमा पनि राम्रो एसयूभी सेगमेन्टका गाडी बनेका छन् । अफरोडका लागि उत्कृष्ट परफर्मेन्स दिने भएकाले पनि यसमा धेरैको ध्यान खिखिएको देखिन्छ । एसयूभीको मूल्य पनि इन्ट्री लेभलको भन्दा धेरै महँगो पनि छैन । पछिल्लो समयमा बजारमा ग्राहकको माग र मनसायलाई बुझेर एसयूभीहरू सार्वजनिक हुने क्रम बढ्दो छ । यो सँगै नेपाल अटो बजार पनि विस्तार एसयूभी सेगमेन्टमा कम्पनीहरू बीच प्रतिस्पर्धा बढिरहेको छ ।

नेपाली बजारमा उपलब्ध केही एसयूभी यस्ता छन् ।

हुण्डाई क्रेटा
कम मूल्यका भेरियन्टमा पनि अधिकतम सुविधाहरू रहेकाले गर्दा क्रेटाले बजारमा राम्रो हिस्सा ओगटेको छ । क्रेटा पेट्रोल र डिजेल इञ्जिनमा गरी १० वटा भेरियन्टमा उपलब्ध छ । पेट्रोलमा सात वटा र डिजेलमा तीन वटा भेरियन्ट बजारमा छन् । क्रेटाको सबै भेरियन्टमा ६ स्पीड गियर रहेको छ ।
यसको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ । प्रायः कम्प्याक्ट एसयूभीमा १६५ भन्दा बढी ग्राउण्ड क्लेयरेन्स हुँदैन । यसको बुट स्पेस ४०२ लिटरको छ । यसमा ५५ लिटर इन्धन अटाउने ट्यांकी छ । धेरै फिचर रहेको क्रेटा नेपालमा मूल्य भेरियन्ट अनुसार साढे ४३ लाख ९६ हजार देखि ६१ लाख ९६ हजार रुपैयाँसम्म बजारमा उपलब्ध रहेको छ । क्रेटा विभिन्न ७ वटा कलरमा उपलब्ध छ ।
यसमा भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट (भीएसएम), इलेक्ट्रिक स्टाबिलिटी (ईसीएस), हिल स्टार्ट एसेक्ट कन्ट्रोल (एचएसी), रियर प्राकिङ एसिष्ट सिष्टम, एन्टी लक ब्रेकिङ सिष्टम, फ्रन्ट र साइडमा गरी ६ एयरब्याग लगायतका सेफ्टी फिचर रहेका छन् ।

सुजुकी इग्निस
नेपाली बजारमा २ वर्ष अगाडि आएको जापानिज सुजुकी ‘इग्निस’ एसयूभी कार हो । आकर्षक लुक्स भएकाले पनि नेपाली बजारमा उपभोक्ताको मन जितिरहेको छ । सिग्मा, डेल्टा, जीटा र अल्फा गरी चार भेरियन्टमा बजारमा उपलब्ध छ । यो कारमा १.२ लिटर पेट्रोल इञ्जिन छ । यसको इञ्जिनले ८२ बीएचपीको पावर र ११३ एनएमको टर्क उत्पादन गर्छ ।
यसमा २ लिटरको भीभीटी पेट्रोल इञ्जिन पनि दिइएको छ । यसमा ४ सिलिण्डर छन् । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन छ ।
यसले प्रतिलिटर २०.८९ किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ । यो १.२ लिटर पेट्रोल इञ्जिनमा आएको छ । यो कारको फ्युल इफिसियन्सी पनि राम्रो छ । यसले प्रतिलिटर २०.८९ किलोमिटरको माइलेज दिन्छ ।
यसमा २५८ लिटरको बूट स्पेश पनि छ । जसलाई पछाडिको सिट फोल्ड गरेर ४१५ लिटरको पनि बनाउन सकिन्छ ।
यसमा १८० एमएमको ग्राउण्ड क्लेयरेन्सले अप्ठेरो सडकमा गाडी चलाउँदा पनि सजिलोसँग ह्याण्डल गर्न सकिन्छ । सुरुवाती मूल्य २७ लाख ३९ हजार रुपैयाँ तोकिएको छ ।

महिन्द्रा केयुभी–१००
महिन्द्राले पहिलोपटक बजारमा सानो आकारको एसयूभीका रुपमा चिनाएको गाडी हो ‘केयुभी १००’ । ‘दी योङ एसयूभी’ भनिने यो गाडीले स्पोर्टस गाडी चढ्न चाहने उपभोक्तालाई आकर्षित गरेको छ ।
१२ सय सीसीको इन्जिन रहेको केयुभी डिजेल र पेट्रोल दुबै अप्सनमा छ । माइलेजको कुरा गर्दा यसको पेट्रोल इन्जिनले प्रतिलिटर १८ किलोमिटर र डिजेल इन्जिनले २५ किलोमिटर दिने कम्पनीको दाबी छ ।
नेपाली सडक सुहाउँदो केयुभीमा पाँच स्पिड म्यानुअल गियर छ । यसको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर रहेको छ । यसको टर्निङ रेडियस ५.०५ मिटर रहेको हुँदा साँघुरो सडकमा पनि सजिलै मोड्न सकिन्छ ।
केयुभी–१०० मा ५ जनाले सहजै यात्रा गर्न सक्छन् । यसमा ३५ लिटर क्षमताको इन्धन ट्यांकी छ भने २४३ लिटरको समान राख्ने बूट स्पेश छ । यसमा ६ स्पिकर इन्फोटेनमेन्ट, ब्लुटुथ सिष्टम, ह्यान्डस फ्रि मोड, युएसबी, स्टेरिङ, फोन कन्ट्रोल, डिजिटल इञ्जिन, इमोबीलाइजर लगायतका फिचरहरू छन् । नेपाली बजारमा पेट्रोल इन्जिनमा डिजेल इन्जिनमा उपलब्ध छ । यसको न्यूनतम मूल्य २७ लाख ७५ हजार देखि ३४ लाख ४५ हजार रुपैयाँसम्म तोकिएको छ ।

रेनो ‘डस्टर’
रेनोको ‘डस्टर’ नेपाली बजारमा गाडी डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध गराइएको छ । ड्युल टोन सफ्ट टच ड्यासबोर्ड, क्रिमसन ब्ल्याक इन्टेरियर, गन मेटल फिनिस एलोई हृवील लगायत स्पेश फिचर्सहरू छन् । डस्टरको डिजेल भर्सनमा १५ सय सिसी र पेट्रोल भर्सनमा १६ सय सिसीको इञ्जिन जोडिएको छ ।
यसको स्मार्ट लुक्ससहित यसमा २१० एमएमको ग्राउण्ड क्लियरेन्स छ । गाडीमा वल्र्ड क्लास सेक्युरिटी फिचर्सहरू रहेको कम्पनीको दावी छ । यसको प्रारम्भिक मूल्य ३९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

महिन्द्रा टियूभी ३००
नयाँ आधुनिक मोडलमा रहेकाले पनि ग्राहकले रुचाएका छन् । गाडीको ग्राउण्ड क्लियरेन्स, ग्रामीण सडक सुहाँउदो महिन्द्राको अर्को एसयूभी ‘टियूभी ३००’ हो । १५ सय सीसीमा उपलब्ध छ यो गाडी । एसयूभीको ३७ लाख ३५ हजारबाट सुरु भई ४५ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
माइलेज १८.४९ किलोमिटर प्रतिलिटर छ । पियानो ब्ल्याक सेन्टर फेसिया, टु–डिन अडियोसहितको इन्फोटेन्मेन्ट सिस्टम, ब्लुटुथ, यूएसबी, एयूएक्स, तथा स्टीयरिङ माउन्टेड अडियो तथा फोन कन्ट्रोल र स्पोर्टी ट्वीन–पड इन्स्ट्रयुमेन्ट क्लस्टर लगायतका आधुनिक फिचर्सले गाडी सजिएको छ ।

मारुती सुजुकी ‘भिटारा ब्रेजा’
डुअल कलर स्किमसहित सुजुकीको भिटारा ब्रेजा नेपाली बजारमा एसयूभी सेगमेन्टमै पहिलोपटक आएको कार हो । यसमा टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्टेयरिङ माउन्टेड कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्प लगायतका फिचर्स छन् । ब्रेजाको डिजाइन भब्य र स्पोर्टी गाडीको फिल दिने खालको छ । ब्रेजा विभिन्न ६ भ्यारियन्ट उपलब्ध छ । भिटारा ब्रेजाको सूरुवाती मूल्य ३७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
डिजेल इञ्जिन रहेको कार फ्युल इफिसियन्सी २४ किलोमिटर प्रतिलिटर छ । ब्रेजामा ४८ लिटर क्षमताको फ्युल ट्यांक जडान भएको छ । यसमा १ सय ९८ मिलिमिटरको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स छ ।

फोर्ड न्यू इकोस्पोर्ट
आधुनिक फिचर्स, गाडीको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, माइलेजका कारण नेपाली बजारमा रुचाइएको कार हो । ८ वटा कलर अप्सनमा छ यो गाडी । यो १५ सय सीसीको एसयूभी हो । इकोस्पोर्ट पेट्रोल र डिजेलका ९ भेरियन्टमा उपलब्ध छन् । एसयूभी ‘न्यू इकोस्पोर्ट’ फोर्ड इको स्र्पोट भएकाले ग्राहको मन जितेको छ ।
यसमा ५ सिट क्षमता छ भने ५२ लिटरको ट्यांकी छ । ग्राउण्ड क्लियरेन्स २०० मिलिमिटर छ । प्रतिलिटर पेट्रोलमा यो गाडीले १८ दशमलव ८८ किलोमिटर र डिजेलमा २२ दशमलव २७ किलोेमिटर माइलेज दिने कम्पनीको दावी छ । सुरुवाती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

महिन्द्रा एक्सयूभी–३००
महिन्द्रा एक्सयूभी–३०० महिन्द्राको लेटेस्ट एक्सयूभी नेपाली बजारमा निकै प्रतीक्षा गरिएको मिड साइज एक्सयूभी हो । सनरुफका साथै एलईडी डेटाइम रनिङ–लाइट, पुस स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता रहेका छन् । एक्सयूभी डब्लू ४, डब्लू ६, डब्लू ८ र डब्लू ८ चारवटा भेरियन्टमा उपलब्ध छन् । यसको मूल्य न्यूनतम ३९ लाख ७५ हजारदेखि अधिकतम ५७ लाख २५ हजार रुपैयाँ रहेको छ ।
नयाँ एक्सयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरका साथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ ।
साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरका साथै १५ सय २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ ।

हुन्डाई भेन्यू
भेन्यू ३ वटा इन्जिन अप्सनमा नेपाली बजारमा उपलब्ध रहेको छ । भेन्यू १.२ पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीमा ८३ पीएसमा ६००० आरपीएम शक्ति उत्पादन गर्छ । इन्जिनमा ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ ।
त्यस्तै, १.४ लिटर डिजल इन्जिन यू२ सीआरडीआईले ९० पीएसमा ४००० आरपीएम शक्ति उत्पादन गर्छ । यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन छ। १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीले १२० पीएसमा ६००० आरपीएम शक्ति उत्पादन गर्छ । उक्त इन्जिन ७ स्पिड अटोमेटिक र म्यानुअल ट्रान्समिसन र ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । ३९९५ एमएम लम्बाइ, १७७० एमएम चौडाइ र १५९० एमएम उचाइ रहेको भेन्यूमा ह्वीलबेस २५०० एमएमको दिइएको छ ।
भेन्यू १.२ पेट्रोल इन्जिन कप्पा ‘इ’ ३४ लाख ९६ हजार रुपैयाँ र ‘एस’ ३७ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको छ । १.४ लिटर डिजल इन्जिन यू२ सीआरडीआई ‘एस’ ४२ लाख ५६ हजार रुपैयाँ र ‘एसएक्स’ ४८ लाख ५६ हजार रुपैयाँ मूल्य छ । १.० टर्बो पेट्रोल ६ एमटी ‘एस’ ४१ लाख ९६ हजार रुपैयाँ, ‘एसएक्स’ ४८ लाख ९६ हजार रुपैयाँ र ‘एसएक्सओ’ ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । १.० टर्बो पेट्रोल ७ डीटीसी ‘एस’ ४६ लाख ९६ हजार रुपैयाँ र ‘एसएक्स’ ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

निशान किक्स
गाडीको गुणस्तर, लुक्स, मूल्य, पर्फमेन्सलगायतका कारणले किक्स ग्राहकको रोजाइमा परेको छ । पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध किक्स पेट्रोलमा १४ सय ९८ सीसी र डिजेलमा १४ सय ६१ सीसीमा उपलब्ध छ । पेट्रोल इन्जिनको किक्सले ५ हजार ६ सय आरपीएममा १ सय ६ पीएस पावर र ४ हजार आरपीएममा १ सय ४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ३ हजार ८ सय ५० आरपीएममा १ सय १० पीएस पावर र १ हजार ७ सय ५० आरपीएममा २ सय ४० एनएम टर्क उत्पादन गर्छ । पेट्रोल इन्जिनको किक्स ५ स्पिड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनको किक्स ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ ।
एबिएस विथ इबिडी र ब्रेकिङ असिस्टेन्स, एयरब्याग, रेयर डिफगर, रेयर भ्यु क्यामरा, रेयर पार्किङ सेन्सर, भेइकल डाइनामिक कन्ट्रोल, हिल स्टार्ट असिस्ट लगायतका फिचर्स छन् ।
किक्स ८ वटा आकर्षक रङ्गहरूमा उपलब्ध छ । कम्पनीले यसको मूल्य एक्सएल पेट्रोलको ४७ लाख ९९ हजार, एक्सभी पेट्रोलको ५२ लाख ९९ हजार, एक्सएल डिजेलको ४९ लाख ९९ हजार, एक्सभी डिजेलको ५६ लाख ४९ हजार, एक्सभिपी डिजेलको ५९ लाख ९९ हजार निर्धारण गरेको छ ।

कियाको सेल्टोस
कियाले मिड–एसयुभी सेल्टोस गाडी नेपाली बजारमा ल्याएको छ । भारत स्टेज–६ इन्जिन जडित रहेको कम्पनीले जानकारी दिएको छ । कन्टिनेन्टलका प्रमुख सुहृद घिमिरेका अनुसार उक्त गाडीमा १० इन्च स्क्रिन, बिओएसई, म्युजिक सिस्टम, एयर प्युरिफायर, डी कट स्टेरिङ, युभी ग्लासलगायका बिशेषता रहेका छन् ।
कम्पनीले कम्पनीले नेपाल बजारमा ल्याएको उक्त गाडीको मूल्य भने ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाख रुपैयाँ सम्म रहेको छ ।