कारोबार संवाददाता
शुक्रवार, माघ ३, २०७६
733

सवारी साधनहरू कम्तीमा १५ सिटदेखिका माइक्रोबस र ४२ सिट क्षमतासम्मका बसहरू हुनेछन् । ब्रिगसनका इलेक्ट्रिक सवारीले सबैभन्दा धेरै माइलेज दिने रेकर्ड बनाएको छ भने सरकारले विद्युतीय सवारीमा जोड दिएकाले कम्पनीले विद्युतीय सवारी आयतमा जोड दिएको कम्पनीका प्रबन्ध निर्देशक तथा सीईओ काजिमान आत्रेयले उक्त बिक्सन कम्पनीका विद्युतीय सवारी साधन नेपालमै एसेम्बल गर्ने तयारीसमेत रहेको बताए । करिब ५ अर्ब रुपैयाँको लागत अनुमान गरिएको एसेम्बल कम्पनी स्थापना गर्नका लागि जसका लागि जग्गा खोजी भइरहेको आत्रेयले भने, “ऐसम्बल प्लान्टमा स्थापनाका लागि आन्तरिक तथा बाह्य लगानी रहने छ ।” नेपाली बजारमा पहिलो चरणमा बस तथा माइक्रोबसहरू भिœयाउने कम्पनीले जनाएको छ ।
थापाले विद्युत्बाट सञ्चालन हुने सार्वजनिक, निजी, पर्यटकीय, स्कुलबस नेपालमा ल्याउन लागेको समेत जानकारी दिए । पछिका दिनमा भने कारसमेत आयत गर्ने थापाको भनाइ छ । ब्रिगसनका ब्याट्रीमा कम्पनीले २० वर्षको वारेन्टी दिएको उनले जानकारी दिए ।
उक्त ब्याट्री पुनः प्रयोग गर्न सकिनेछ । ब्रिगसनका बसले एक पटकको फुल चार्जमा १ हजार किलोमिटर माइलेज दिई रेकर्ड कायम गरेको छ । ब्रिगसनको उक्त रेकर्ड हालसम्म अर्को कम्पनीले ब्रेक गर्न सकेको छैन । नेपालमा ब्रिगसनका बस तथा माइक्रोबसले एक पटकको चार्जमा ८ सय किलोमिटरभन्दा बढी माइलेज दिने अपेक्षा गरिएको थापाले बताए ।
विश्वमा प्रत्येक वर्ष हरेक वायुप्र दूषणका कारण ७० लाख मानिसको मृत्यु हुने बताउँदै ब्रिगसनका भारतीय प्लान्टमा प्रमुख फिरोज खानले विद्युतीय सवारी आजको आवश्यकता भएको बताए । उनले साथै खर्चका हिसाबले पनि पेट्रोलियम सवारी साधनको तुलनामा एक तिहाइ खर्चमा मात्रै विद्युतीय बस सञ्चालन गर्न सकिने बताए ।

हिमालयन मोटरक्र्स कम्पनीले अटोमाबाइलसँगै रियल स्टेट, हस्पिटालिटी र हाउजिङ व्यवसायका अतिरिक्त पनि विगत २८ वर्षदेखि रिकन्डिसन व्यवसाय गरिरहेको छ । कम्पनीले हाल फोर्स मोटर्स र ज्योत्से मोटरसाइकलको आयात गरी बिक्री वितरण गरिरहेको छ ।