कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
514

धनगढी- सुन्दुर सुदूरपश्चिम यातायात प्रालिले इन्टरनेटबाट आफै धनगढी–काठमाडौं चल्ने बसको टिकट काट्न व्यवस्था मिलाएको छ । प्रालिले ई–सेवाबाट बस धनगढीबाट काठमाडौं जाने र काडमाडौंबाट धनगढी आउने बसको टिकट काट्ने व्यवस्था मिलाएको हो । प्रालिका अध्यक्ष पदमराज सापकोटाले पहिलो चरणमा धनगढी–काठमाडौं चल्ने एसी र डिलक्स बसका ४-४ वटा सिटको टिकट ई–सेवाबाट काट्ने व्यवस्था मिलाइएको बताए ।
उनले काठमाडौंबाट धनगढी आउने एसी र डिलक्स बस टिकटहरु पनि दैनिक सोही दरमा ई–सेवाबाट काट्न सकिने बताए । उनले मोबाइलमा ई–सेवा एप चलाउनेले आफ्नै मोबाइलबाट र नजिकको ई–सेवा काउण्टरबाट बस टिकट काट्न सकिने बताए । उनले यसको सफलतापछि ‘ई–टिकेटिङ’ सेवा विस्तार गर्ने बताए ।
सो प्रालिका धनगढी, अत्तरिया र टीकापुरबाट काठमाडौंका लागि दैनिक २-२ वटा एसी र डिलक्स बस छुट्ने गरेका छन् भने ती स्थानका लागि काठमाडौंबाट पनि दैनिक सोही दरमा एसी र डिलक्स बस छुट्ने गरेका छन् । यात्रुहरुको मागअनुसार ई–टिकटको कोटा थप्दै जाने र अत्तरिया र टीकापुरबाट चल्ने बसका टिकट पनि ई–सेवामा राखिने अध्यक्ष शर्माले बताए । माग वृद्धि भएसँगै अन्य रुटका बसको टिकट पनि ई–सेवामा लगिने बताए ।