कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
536

विद्युतीय सार्वजनिक सवारीसाधन आयात गरेर सञ्चालन गर्दै आएको सुन्दर यातायातले बैंकबाट कर्जा नपाएका कारण थप बस आयात गर्न नसकेको बताएको छ । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले थप ५० वटा विद्युतीय बस ल्याउनका लागि बैंकहरुले कर्जा नदिएको भन्दै बस आयात गर्न नसकेको बताए ।विद्युतीय सार्वजनिक सवारीसाधन आयात गरेर सञ्चालन गर्दै आएको सुन्दर यातायातले बैंकबाट कर्जा नपाएका कारण थप बस आयात गर्न नसकेको बताएको छ ।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले थप ५० वटा विद्युतीय बस ल्याउनका लागि बैंकहरुले कर्जा नदिएको भन्दै बस आयात गर्न नसकेको बताए ।“विद्युतीय सवारीसाधन थप आयात गर्नको लागि केही रकम बैंकमार्फत कर्जा उपलब्ध गराइदिनु हुन नेपालका क र ख वर्गका बैंकको लोन प्रमुख तथा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पटक पटक भेट्दा पनि उहाँहरुले विद्युतिय सवारीसाधनमा लगानी गर्न हिचकिचयाइरहनु भएको छ । नेपाल सरकार तथा अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनमा लगानी गर्नुपर्छ भनी पटक पटक निर्देशन दिँदा पनि पालना गर्ने तर्फ चासो देखाएका छैनन्,” कम्पनीले विज्ञप्ति जारी गरेर भनेको छ । हाल ४ वटा विद्युतीय सार्वजनिक सवारी राजधानीका सडकमा सञ्चालन गरिरहेको कम्पनीले थप ५० वटा विद्युतीय बस चीनबाट ल्याउने तयारी गरेको छ । जसमध्ये २५ वटा पहिलो चरणमा ल्याउने तयारी गरेको छ ।सरकारले विद्युतीय सवारी साधनको संख्या बढाउने नीति लिए पनि सोही अनुसार बैंकहरुले सहयोग नगरेको गुनासो थापाको छ ।
उनले भने, “विद्युतीय गाडी किन्दा ८० प्रतिशत कर्जा उपलब्ध गराउन सरकारले निर्देशन दिएको भए पनि यथार्थमा त्यस्तो पाइएको छैन । कर्जा लिन बैंक जाँदा डिजेल गाडी आयात गर्न बैंकले सुझाउँदै आएको छ । ५० वटा गाडीका लागि १० करोड रुपैयाँ बुझाइसकेका छौं । बाँकी रकमका लागि बैंकहरुसँग कर्जा माग गर्दा पनि पाएका छैनौं ।” कर्जाबापत आवश्यक धितो राख्नका लागि समेत आफूहरु तयार रहे पनि बैंकहरुले विद्युतीय बसमा कर्जा दिनका लागि अस्वीकार गरेको थापाको भनाइ छ । “कर्जा नपाएको सम्बन्धमा अर्थमन्त्री समक्ष पनि कुरा राख्यौं । उनले राष्ट्र बैंकमार्फत् बैंकहरुलाई विद्युतीय सवारीलाई सहज रुपमा कर्जा दिन भन्नुभयो तर कार्यान्वयन नभएकाले थप बसहरु आयातमा गर्न सकेका छैनौं ।” कम्पनीले नेपालमा विद्युतीय सवारी उत्पादनका लागि समेत तयारी गरिसकेको छ । करिब १० अर्ब रुपैयाँको लगानीमा नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्ने कम्पनीले लक्ष्य छ । कुल १० अर्बको लगानीमा निर्माण हुन लागेको उक्त प्लान्टमा ७५ प्रतिशत चिनियाँ कम्पनीको र २५ प्रतिशत नेपालीको हिस्सा रहनेछ ।