कारोबार संवाददाता
बिहिवार, मंसिर १२, २०७६
242

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका १७ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाले उपत्यकाका ठमेल, नैकाप, बौद्ध, ताल्छिखेल, अनामनगर एरिया, बालाजु हाइट, भक्तपुर, गौशाला, बौद्ध टुसाल र सोह्रखुट्टेलगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी बुधबार सम्बन्धित धनीलाई यस महाशाखाका प्रहरी उपरिक्षक तथा प्रवक्ता रविकुमार पौडेलले जिम्मा लगाएका छन् ।
सविना तामाङ, गणेश खकुरेल, प्रकाशमान सिंह, भीमप्रसाद दुलाल, तारा भण्डारी, अमित ठकुरी, जगतराम ढुकुछु, राजाराम थापा, सुमन राना, सकिन खड्गी, प्रविन सुवेदीको मोटरसाइकल जिम्मा लगाएको हो ।