कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६
400

टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स् प्रालिले देशैभरीका आफ्ना शाखा कार्यालयहरुमा पार्टस् मेलाको आयोजना गरेको छ । उक्त पार्टस् मेला यहि मंसिर १ गतेदेखी ८ गतेसम्म संचालन हुने भन्दै कम्पनीले पार्टस् मेलामा टाटा हिटाचीका सम्पुर्ण गा्रहकहरुका लागी स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा भारी छुटको व्यबस्था गरीएको पनि जनाएको छ । साथै मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने गा्रहकहरुले विशेष उपहार प्राप्त प्राप्त गर्न सक्नेछन् भने भाग्यशाली गा्रहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरीनेछ । सिप्रदी अर्थमुभर्स प्रा लि. ले बिगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचिको बिभिन्न साइजको एक्जाभेटर, ब्याको लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको कम्पनीले जनाएको छ ।