कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६
428

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालीले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्रा्ष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । जेसीबीको नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि दमौली नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले गरेका थिए । यस क्षेत्रमा विकास निर्माणको कामले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुलाई सहज र सुलभ सेवा दिनकालागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको बीएस सप्लायर्सकाप्रबन्धनिर्देशक कृष्णराज पण्डितले बताए ।
“अहिले देशकायुवाविदेसिरहेका छन् । तर विकास निर्माणको कामतीव्र गतिमाभइरहेको छ । विकासनिर्माण अबमानवले होइन मेसिनबाट मात्र सम्भव छ,” उनले भने, “वर्षौंदेखिको स्थापित ब्रान्ड भएकै कारणले हामीले जेसीबीको आउटलेट सुरु गरेकाहौं । नेपालमै सबैभन्दाविश्वासिला ब्रान्डसँग आबद्ध हुनपाउँदा हामी गौरवान्वित छौं ।” योसहित जेसीबीले नेपालमा १६ वटा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, पश्चिम रुकुम, सर्लाही र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् । जेसीबीका मेसिनहरुको संख्या बढी रहेका नेपालकाअन्य ग्रामिण क्षेत्रमापनिग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’कालागि ‘एआरओ’ स्थापनागर्ने लक्ष्यराखेको जेसीबीकासिनियर सेल्स म्यानेजर कञ्चनसिलवाले बताए ।
विज्ञप्तिअनुसार नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कमलाग्ने र उत्कृष्ट कामगर्ने भएकाकारण यी मेसिनहरु लोकप्रिय रहेको कम्पनीको दावी छ । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले बिक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको बताइएको छ ।