कारोबार संवाददाता
मंगलबार, मंसिर ३, २०७६
312

यामाहाले शहरमा बढ्दै गरेको यामाहा बाइकहरुको अत्याधिक मागलाई पूरा गर्ने उद्देश्यका साथ उदयपुरको कटारीमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ । सन्जीव शाहको स्वामित्व रहेको यो नयाँ शोरुम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडलहरु उपलब्ध हुनेछन् ।
शोरुमको उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरेकी थिइन् । कार्यक्रममा जनकपुर उप–महानगरपालिकाकी उपमेयर भीमकुमारी पन्त, बजाज शोरुम कटारीका प्रोप्राइटर राजु गुप्ता र चेम्बर अफ कमर्सका प्रतिनिधि पुस्कर खड्काको पनि उपस्थिति रहेको थियो ।

ग्राहकहरुलाई यामाहा टू ह्वीलर्सको आधिकारिक वितरकबाट यामाहा बाइक खरीद गर्न सहज होस् भन्ने उद्देश्यका साथ नयाँ शोरुम संचालन गरिएको हो । उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नका लागि एसएस अटो सेन्टर डिलरसिपबाट ३ एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्का साथै फाइन्यानस र एक्स्चेन्ज सुविधाको समेत व्यवस्था गरेको छ ।
“कटारीमा यामाहाको उच्च शृंखलाका मोटरबाइकहरु प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित पनि भएका छौं । हाम्रो यो नयाँ शोरुमको संचालनसँगै हाम्रा ग्राहकहरुलाई यामाहा श्रेणीको सेवा प्रदान गर्न पाउनेमा हामी ढुक्क भएका छौं,” बिक्री प्रमुख प्रकाशबाबु देवकोटाले भने ।
मोरङ अटो वक्र्स नेपालमा सन् १९७५ देखि यामाहाको साथमा संचालित छ र यसको उत्पादनहरुको सूचीमा अब रे जेड विथ युबिएस, फेसिनो युबिएस, रे जेडआर डिस्क, रे जेडआर स्ट्रिट -याली युबिएस, स्यालुटो ड्रम युबिएस, स्यालुटो डिस्क युबिएस, एसजेड–आरआर, एस–जेड आरआर एसइ, एफजेड१६–एफआइ, एफजेडएस–एफआइ, एफजेडएस एफआइ डिडि, एफजेडएस एफआइ भि३, एफजेड २५, डुवलएबिएस, एफजेड २५ मोटो जिपि ड्वेल एबिएस, एमटि १५, आर १५ भि ३एबिएस, एक्सटिजेड १२५, फेजर २५ र आर१५ भि ३ मोटो जिपि जोडिएका छन् ।