कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६
533

अभिनेता अनमोल केसीले जिप कम्पासलाई यात्राको साधनका रुपमा रोजेका छन् । लक्ष्मीपूजाका दिन आफ्ना बुबा तथा वरिष्ठ अभिनेता भुवन केसीसँग आएका अनमोलले एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालको हातबाट सेतो रङको जिप कम्पास डेलिभरी लिएका हुन् ।
नेपालमा सार्वजनिक भएको एक वर्षमै जिपकम्पासले आफूलाई सबैभन्दा बढी खोजिएको र सबैभन्दा बढी रोजिएको ‘फोर–डोर, फाइभ–सिटर’का रुपमा स्थापित गर्न सफल भएको छ । यो अवधिमा नेपालका लागि जिपको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले दुई सय ५० भन्दा बढी युनिट जिप कम्पास विक्री गरिसकेको छ । ‘खासमाजिप ब्रान्डकै कारण मैले जिप कम्पासलाई आफ्नो यात्राको साथीका रुपमा रोजेको हुँ । यो एसयुभी नेपाली सडकको अवस्थामा‘फिट’ छ । “म जिपकम्पासको कठोरता, क्षमता र ‘म्यान्लीअपियरेन्स’बाट निकै प्रभावित छु,” गाडीको डेलिभरी लिँदै अनमोल केसीले भने, “सुटिङको लागि म धेरैजसो काठमाडौं उपत्यकाबाहिर यात्रा गरिरहेको हुन्छु । अब मेरा सबै गन्तव्यमा जिप मेरा साथमा हुनेछ । म जहाँपनिगएपनिजिपकम्पासमै जानेछु ।”

ए मेरो हजुर ३को सुटिङको बेलादेखि नै अनमोललाई जिपकम्पास मन परेको थियो । यो चलचित्रमाकम्पासको सिन राखिएको थियो । ‘अब आफ्नै जिपकम्पास चढ्ने मेरो इच्छा पूरा भएको छ,”उनले भने । गाडीको डेलिभरीसँगैजिप नेपालले अनमोल केसीको सम्मानमाउनकै चलचित्रको गीतमा ‘फ्ल्यास मोब’ डान्स गरिएको थियो ।
जिपकम्पासमा पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध छ । डिजेल भर्सन २.० लिटल मल्टिजेट टर्बोचाज्र्ड इन्जिनमा उपलब्ध छ जसले अधिकतम १७० बीएचपीपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन जडान गरिएको हुन्छ ।
त्यसैगरी, पेट्रोल भर्सनमा १.४ लिटर टर्बो युनिट रहेको छ जसले १६० बीएचपी बराबरको अधिकतमपावर र २५० एनएमको अधिकतम टर्क उत्पन्न गर्छ । पेट्रोलमा ६ स्पिड म्यानुअल र ७ स्पिड ट्विनक्लच अटोमेटिक ट्रान्समिसन राखिएको हुन्छ ।
जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र ट्रेलहक ट्रिममा उपलब्ध छ । पहिलोपटक डिजेल अटोमेटिक इन्जिनलगाइएको ट्रेलहक भेरियन्ट गएको नाडा अटो शोमा सार्वजनिक गरिएको थियो । यसमा २.० लिटरको टर्बो चाज्र्ड डिजेल इन्जिन लगाइएको छ । जसले १७० बीएचपी पावर र ३५० एनएमटर्क उत्पन्न गर्न सक्छ । कम्पास ट्रेलहकमा ९ स्पिड अटोमेटिक ट्रान्समिसन र जिप एक्टिभ ड्राइभ ४ बाई ४ लो जडान गरिएको छ । यसमा अटो, स्नो, मड र स्यान्ड मोडबाहक रक मोड थपिएको छ जसले गर्दा कठोर भूगोलमा पनि सजिलैसँग यात्रा गर्न सक्छ । नेपालमा जिप कम्पासको मूल्य ७३ लाख ९० हजार रुपैयाँदेखि १ करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्छ ।