कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६
528

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रूपमा (ज्वाइन्ट भेन्चर) काम गर्ने गरी एक सम्झौतामा हस्ताक्षर गरेका छन् । जसअन्तर्गत दुवै कम्पनीका उत्पादनहरूलाई संयुक्त प्रयासमा प्रवद्र्धन गरिनेछ । फोर्ड ब्रान्डका सवारी साधनहरूको भारतमा बजारीकण र बिक्री वितरणमा संयुक्त प्रयास गरिनेछ भने फोर्ड र महिन्द्रा एन्ड महिन्द्राका उत्पादन तीव्र गतिमा विकास भइराखेको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरिने कम्पनीले जनाएको छ ।
संयुक्त लगानीमा महिन्द्राको अंश ५१ प्रतिशत र फोर्डको ४९ प्रतिशत रहनेछ । फोर्डको भारतमा भइरहेको बजार पनि संयुक्त लगानी भिœयाउनेछ । सन् २०१७ सेप्टेम्बरदेखि दुई कम्पनीबीच प्रारम्भ भएको प्रक्रियाले सन् २०२० मा दुई कम्पनीको सहमतिमा कारोबार गर्ने पूर्णता पाउनेछ । दुवै कम्पनीको समान प्रतिनिधित्व हुने गरी महिन्द्राले व्यवस्थापन गर्नेछ ।

संयुक्त प्रयासअन्तर्गत फोर्ड ब्रान्डलाई भारतका साथै अन्तर्राष्ट्रिय बजारमा समेत प्रवद्र्धन गरिनेछ । हाललाई आ–आफ्नै डिलरको नेटवर्कमार्फत काम गरे पनि एक आपसमा प्रवद्र्धनतर्फ सक्रिय रहने छन् । महिन्द्राको अनुभव र मूल्यमा आधारित इन्जिनियरिङको यसले सफलता पाइको छ भने फोर्डको प्राविधिक विशेषज्ञता र अन्तर्राष्ट्रिय बजार पहुँचको संयुक्त प्रयासले कारोबारलाई गति दिने कुरामा विश्वस्त छन् ।
त्यस्तै फोर्डले आफ्ना ग्राहकहरूका माग पूरा गर्नुका साथै भविष्यमा उनीहरूको आवश्यकता पूरा गर्न निरन्तर सक्रिय रहने र प्राविधिक रूपमा उच्च गुणस्तरीय सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको जनाएको छ ।

 


सातामा धेरै पढिएको