कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
465

सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडौंको नक्सालमा आधिकारिक सोरुमको शुभारम्भ गरेको छ । उक्त सोरुमको समद्घाटन शुजुकी मोटर कर्पोरेशन जापानका प्रबन्ध अधिकारी किन्जी साइता तथा सिजिहोल्डिङ्गसका अध्यक्ष्। तथा प्रबन्धनिर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरे ।
हालै सञ्चालनमा ल्याइएको सोरुम ४५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । यस शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ्ग एरिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको छ । अन्तर्राष्ट्रिय सुजुकी ब्राण्डको निर्देशनअनुरुप निर्माण गरिएको यस शोरुममा सहजै आवतजावत गर्न, अवलोकन गर्न सकिन्छ । यस शोरुममा हालै बजारमा ल्याइएका स्मार्ट हाइब्रिड गाडीका रेन्जहरु उपलब्ध छन् ।