कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
487

महिन्द्रा अटोमोबाइल्स तथा ट्र्याक्टरहरूको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड हालै विश्वकर्मा पूजा समारोह सम्पन्न गरेको छ । कम्पनीले विश्वकर्मा पूजा, दसैं, तिहार तथा छठ जस्ता महान् चाडपर्वहरूको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सवअन्तर्गत ‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्र्याक्टर किन्दा अब परिवार दंग’ भन्ने नारासहित योजनालाई अगाडि सारेको छ ।
यस योजनामा इभो, नोभो, र जिभोलगायत महिन्द्रा कम्पनीका कुनै पनि ट्र्याक्टर किन्दा ट्र्याक्टर धनीले डबल डोर फ्रिज तथा ट्र्याक्टर चालकले सामसङको एन्ड्रोइड स्मार्टफोन पक्का पुरस्कार स्वरूप प्राप्त गर्न सक्ने भन्दै कम्पनीले बम्पर पुरस्कारमा महिन्द्राको १२५ सीसीको गुस्टो स्कुटर पनि प्रदान गरिने जनाएको छ । यसका अतिरिक्त ग्राहकले अन्य थुप्रै आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्ने पनि कम्पनीलको दाबी छ ।