कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
381

काठमाडौं नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो उपभोक्ता प्रवद्र्धन योजना टिभिएस दशैंको दौडकै एक हिस्सा स्वरुप टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड आयोजना गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न दौडमा सर्वसाधारणका साथै कलाकारहरु, राजनीतिक व्यक्तिहरु, संचारकर्मीहरु, खेलाडीहरु म्याराथुन धावक वैकुण्ठ मानन्धर र मीरा राई आदिको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
दौडको प्रारम्भ युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गरेका थिए । दौड प्रतियोगितामा सहभागी भएका सबैजनालाई टिभिएस बाइक तथा स्कुटर खरिदमा १ हजार नगद पक्का छुट दिइने उपहार प्रदान गरिएको थियो भने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीहरुलाई क्रमशः रु. ५०,०००, २५,००० र १५,००० नगद पुरस्कार प्रदान गरिएको थियो । दौडमा प्रथम हरि रिमाल भए भने द्वितीय स्थानमा दिपक अधिकारी र तृतीय स्थानमा गजेन्द्र राई विजयी भए ।