कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६
271

टीभीएस मोटर कम्पनी, विश्वमै दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी साधनको प्रतिष्ठित निर्माताले चलचित्र कलाकार स्वस्तिमा खड्का र प्रदीप खड्कालाई नेपालमा टीभीएस एनटर्क १२५ को ब्रान्ड एम्बेसडर अनुमोदन गरेको छ । टीभीएस मोटर र नेपालका लागि टीभीएसको दुईपाङ्ग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रालिद्वारा ब्रान्ड एम्बेसडरको घोषणा गरिएको छ ।
जेन जेडलाई लक्षित टीभीएस एनटर्क १२५ मा विशेष प्रविधि प्लेटफर्म टीभीएस स्मार्ट एक्सोनेट छ र यो नेपालमै पहिलो कनेक्टेड स्कुटर हो । यो टीभीएस रेसिङ पेडिग्रीमा आधारित भएर विकसित गरिएको छ र यसमा स्टेट–अफ–आर्ट सीभीटीआई आरईभीभी थ्री भल्भइन्जिन छ । यस सहकार्यका बारेमा आर दिलीप, एक्जुकेटिभ भाइस प्रेसिडेन्ट–इन्टरनेसनल बिजनेस अफ टीभीएस मोटर कम्पनीले भने, “हामीले अघिल्लो वर्ष नेपालको पहिलो स्पार्टी स्मार्ट स्कुटर टीभीएस एनटर्क १२५ सार्वजनिक गरेका थियौं र यो ब्रान्ड चाँडै नेपालमा सबैभन्दा तीव्र गतिमा वृद्धि हुने स्कुटर ब्रान्ड बनेको छ ।

स्टार स्वस्तिमा र प्रदीप देशको युवा आकांक्षाको प्रतीक हुन र यस सहकार्यले हाम्रो ब्रान्डको दृश्यता बहुसंख्यक रूपमा बढ्नेछ ।” जगदम्बामोटर्स प्रालिका प्रबन्धनिर्देशक शाहिल अग्रवालले अनुमोदनको घोषणा गर्दै भने, “हाम्रो लोकप्रिय ब्रान्ड–टीभीएस एनटर्क १२५ मा मनोरञ्जन जगतका दुवै अग्रणी युवा आइकन स्वस्तिमा खड्का र प्रदीप खड्कासँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । हामीले उनीहरूसँगको यात्राअद्भुत रहने आशा गरेका छौं ।”
अभिनेत्री स्वस्तिमा खड्काले टीभीएससँग आबद्ध भएको अवसरमा भनिन्, “टीभीएस मोटर कम्पनीसँगको मेरो यात्रा गत वर्षदेखि नै मजबुत भइरहेको छ । मेरो मनपर्ने सवारी टीभीएस एनटर्क १२५ को ब्राण्ड एम्बेसडर हुन पाउँदा म अत्यन्तै प्रसन्न छु । अन्य स्कुटरभन्दा म यस स्कुटरको स्टाइलिस लुक र स्मार्ट विशेषता जस्तै नेभिगेसन एसिस्ट र कलर आईडी फंगसनले मोहितभएकी छुर यस सहकार्यका लागि उत्साहित छु ।”
यस सहकार्यका बारेमा प्रदीप खड्काले भने, “म स्पोर्टी स्मार्ट स्कुटर टीभीएस एनटर्क १२५ सँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छु । यो आखाँ लोभ्याउने नव युवा स्कुटर हो र म यस ब्रान्डको स्मार्ट विशेषता र पर्फमेन्सको अनुभव लिन निकै उत्सुक भएको छु ।”