कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६
504

टाटामोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एचफाइभको नेपाली बजारमा बुकिङ बिहीबारदेखि खुला भएको छ । नेपालका लागि टाटामोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४ औं संस्करणको नाडाअटो शो–२०१९ मा टाटा एचफाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।
भारतमा टाटाह्यारियर पनि भनेर चिनिने टाटा एचफाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने हुनेछ । साथै सिप्रदीले ग्राहकहरूलाई टाटा एचफाइभ मन परेन भने १२० प्रतिशत बुकिङ रिफन्ड गर्ने जनाएको छ ।

क्रियोटेक २.०लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा निकै चर्चित छ । एचफाइभमा रहेको इन्जिनले १३८ बीएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइ भल्यान्डरोवरको ओमेगा डीएट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।
आकर्षक रहेको टाटा एचफाइभमा पुशबटन स्टार्ट–स्टप, सेमी (डिजिटल इन्स्टुहरू मेन्टकन्सोल, मल्टीफङ्सनल स्टेरिङ, हाइट अजस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू छन् ।