कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६
775

हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हुन्डाईको नयाँ मोडल हुन्डाई भेन्यू बजारमा ल्याएको छ । राजधानीमा बिहीबार हुन्डाईको भेन्यू मोडेल सार्वजनिक गरिएको हो ।
हुन्डाईले भेन्यू विभिन्न ३ वटा इन्जिन अप्सनमा उपलब्ध भेन्यूले नेपाली बजारमा हुन्डाईका अन्य उत्पादनले लिएको बजारलाई उछिन्ने कम्पनीले जनाएको छ । १.२ पेट्रोल इन्जिजिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीमा उपलब्ध छ । जसको पावर ८३ पीएसर६००० आरपीएम पावर छ ।
त्यस्तै, १.४ लिटर डिजल इन्जिन यू२ सीआरडीआईको पावर ९० पीएसर४००० आरपीएम छ । त्यस्तै, १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीको पावर भने १२० पीएसर६००० आरपीएममा उपलब्ध छ ।