रजनी श्रेष्ठ
मंगलबार, श्रावण २८, २०७६
569

 अहिले महिला पनि पछाडि छैनन् सवारीसाधन चलाउने मामलामा । स्कुटर मात्र हैन, बाइक र गाडी पनि मज्जाले हाँक्छन् उनीहरु । चार पांग्रेभन्दा दुईपांग्रे र त्यसमा पनि स्कुटर चालक महिला बढी छन् । महिला स्कुटर चालकका लागि हामीले केही टिप्स संकलन गरेका छौं ।

आरामपूर्वक चलाउने 

आफूलाई सहज हुने स्कुटर किन्नुहोस् ताकि चलाउन सहज होस् । अग्लो छ भने घटउान पनि मिल्छ कतिपय मोडलमा । हिल भएको बुट लगाउन पनि सकिन्छ । यसले गर्दा पैंतालले पूरै भुइँमा छुन्छ र सन्तुलित बन्न सहज हुन्छ ।

आरामदायी पोशाक

फेसनको लागि मात्र होइन, सुरक्षाको लागि पनि पोशाक छान्नुहोस् । नमिलेको पोशाकले चलाउन निकै असहज हुन्छ । जुन पोशाक बाइकमा नबस्दा सम्म ठिक हुन्छ त्यो बसिसकेपछि आरामदायी नहुनसक्छ ।

सीप 

लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने सवारी कक्षा लिनु जरुरी छ । एकपल्टको कक्षाले धेरै यात्राहरुमा सहज पुग्छ । बीच बाटोमा केही अड्चन आइहाले अथवा कच्ची बाटोमा जानुप-यो भने के गर्ने भन्ने कुराको ज्ञान दिन्छ ।

चाहिने सामान राख्नुहोस्

टाढा जाँदै हुनुहुन्छ भने ब्यागमा आफूलाई चाहिने ठिक्क सामानमात्र राख्नुहोस् । बाइक टुल र फस्ट एड किट अनिवार्य राख्नुहोस् । जति थोरै सामान त्यति नै फुर्तिलो तपाईं हुनुहुनेछ ।

आफू जानेको जानकारी लिनुस्

सधैं ट्रीप जाने ठाउँको पूर्णरुपमा दिमाखमा नहुनसक्छ, तर जाने ठाउँको बाटोको बारेमा बुझ्न जरुरी छ । त्यता मौसम कस्तो छ र कस्तो हुनेछ भन्नेबारे जाँदा कस्तो सामान लिएर र के लिएर जाने भन्नेमा ढुक्क हुन जरुरी छ ।

आराम 

मान्छेलाई मात्र हैन, सवारीलाई पनि आराम चाहिन्छ । आफ्नो चलाउन सक्ने हद बुझ्नुहोस् । कोहि महिलाहरु एकदुई घण्टा कुदाउनमा आरामदायी सोच्छन् त कोहीलाई घण्टौं कुदाउन रमाइलो महसुस गर्छन् । आराम लिन जरुरी छ । 

रुटिन बनाउनुहोस् 

आफू उठ्ने समय, खाजा वा खाना खाने समय र कता आफ्नो मिठो निन्द्रा लिने भन्ने कुरा पहिले नै तालिका बनाए, हतारमा र थकितपूर्ण यात्रा भोग्नु पर्दैन ।