कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
319

 नेपालमा सुजुकी मोटर्सको आधिकारिक वितरक सिजि होल्डिङ्गसले इको भ्यानको सफलतापछि कार्गो भर्सन नेपाली बजारमा प्रस्तुत गरेको जनाएको छ । इको कार्गोले एउटा व्यापारीका सम्पूर्ण आवश्यकताहरुलाई पूरा गर्ने भन्दै कम्पनीले यसमा भएको ठूलो क्याविन स्पेस, उच्चतम भारवहन क्षमता तथा अझ बढी स्थिरताको लागि प्ल्याट वेड जस्ता विशेषताहरु यसमा विद्यमान रहेका छन्, जसले गर्दा ट्रान्जिटको बेला हुने क्षतिलाई कम गर्न मद्दत पुग्ने कम्पनीले जनाएको छ ।  नेपालमा सुजुकी मोटर्सको आधिकारिक वितरक सिजि होल्डिङ्गसले इको भ्यानको सफलतापछि कार्गो भर्सन नेपाली बजारमा प्रस्तुत गरेको जनाएको छ । इको कार्गोले एउटा व्यापारीका सम्पूर्ण आवश्यकताहरुलाई पूरा गर्ने भन्दै कम्पनीले यसमा भएको ठूलो क्याविन स्पेस, उच्चतम भारवहन क्षमता तथा अझ बढी स्थिरताको लागि प्ल्याट वेड जस्ता विशेषताहरु यसमा विद्यमान रहेका छन्, जसले गर्दा ट्रान्जिटको बेला हुने क्षतिलाई कम गर्न मद्दत पुग्ने कम्पनीले जनाएको छ । यसका साथै कारको जस्तै सिट भएको हुँदा चालकलाई गाडी चलाउन अझै सहज हुने तथा भारवहन क्षमतालाई १.२ को इन्जिनद्वारा सञ्चालित गरी परीक्षण गर्दा सहजै ६२० केजी ढुवानी गरेको पनि कम्पनीले जनाएको छ । यसमा विभिन्न सुरक्षित विशेषताहरु जस्तैः बलियो लोड डिस्पे्रसिङ्ग च्यासिस, ड्राइभर र प्यासेन्जसको लागि सिट बेल्ट रिमान्डर तथा रिभर्स पार्किङ्ग सेन्सर जस्ता सुविधाहरु यसमा रहेका छन् । यसले २० किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्ने हुँदा वास्तवमै यो नाफा प्रदान गर्ने गाडीका रुपमा रहने कम्पनीको दाबी छ । इको कार्गोको  नेपाली बजार मूल्य १२ लाख ९९ हजार तोकिएको छ ।