कारोबार संवाददाता
मंगलबार, श्रावण ७, २०७६
508

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल ग्राहकलाई लक्षित गरेर अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ ।
यसअन्तर्गत नेपालभर रहेका टिभिएस मोटरसाइकलको कुनै पनि शोरुममा गई अपाचे आरआर ३१० तथा अपाचे २०० ४भी भी२ को टेस्ट राईड गरी उक्त योजनामा सहभागि हुन सकिनेछ । २५ जना भाग्यशाली विजेताले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अपाचे आरआर ३१० र २०० ४भी भी२ कुदाउनुको अनुभव लिन सक्नेछन् ।

साथै अपाचे आरआर ३१० तथा अपाचे २०० ४भी भी२ खरिदकर्ताले हेल्मेट्स नेपालको क्रमशः १० हजार र ७ हजार रुपैयाँ बराबरको नगद भौचर उपहार स्वरुप पाउने छन् भने अपाचे आरआर ३१० को लागि मासिक किस्ताबन्दी १९ हजार ९३ र अपाचे २०० ४भी भी२ को लागि ११ हजार २ सय ४५ कायम गरिएको छ ।
नयाँ बिक्री योजनाका बारेमा जानकारी दिँदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने, “हरेक मोटरसाइकल राइडरको एउटा भित्री ईच्छा हुन्छ रेस ट्रयाकमा मोटरसाईकल कुदाउनुको मज्जा लिने । तर सबैले यस्तो चाहना पूरा गर्न सकेका हुँदैनन् । त्यसैले आफ्ना बाइकप्रेमीहरुलाई सदैव नयाँ नयाँ एक्सपेरियन्स दिलाएर अचम्भित पार्दै आएको टिभिएसले एक नयाँ योजना अघि सारेर यसपटक आश्चर्यजनक उपहारको रुपमा ग्राहकलाई रेस ट्रयाक एक्सपेरियन्स प्रस्तुत गरेको हो ।”