आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले मेगा मनसुन फ्रि चेकअप क्याम्प अफर देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागू हुने गरी ग्राहकमाझ ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पार्ट्समा ५%, ल्युबमा १०%, लेबर श्ुाल्कमा, ३०% साथै ३०% च्यासिस ग्रीजिङमा छुट उपलब्ध गर्ने कम्पनीले बताएको छ ।
फ्रि चेकअप क्याम्पका दौरान ग्राहकहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यीअफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइन्ट्स तथा बम्परदेखि बम्पर चेकअपसहित अन्य फाइदाहरु हुनेछन् । यो योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागू हुने कम्पनीले जनाएको छ । यो योजना नेपालभर असार ३० गते देखि साउन ५ गतेसम्म लागू हुनेछ । साथै सर्भिसिङ्गमा छुट कुपनहरु भदौ ५ सम्म लागु हुनेछ ।
आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको जनाएको छ र साथसाथै यस योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
३ वर्षको अन्तरालमा आइएमई मोटर्स प्रालिले देशभर १४ वटा आउटलेट खोलेर ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बिक्रीपछि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गर्दै आएको छ ।