कारोबार संवाददाता
मंगलबार, असार ३१, २०७६
224

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सञ्चालन गरेको स्मार्ट पार्किङको शुल्क घटाएको छ । स्मार्ट पार्किङ सञ्चालन भएदेखि नै शुल्क महँगो भएको भन्दै सर्वसाधारणबाट विरोध भएपछि महानगरले आर्थिक विधेयक, २०७६ को करसम्बन्धी व्यवस्था संशोधन गरेर शुल्क घटाएको हो ।
अब दुईपांग्रे सवारी साधनको प्रति घण्टाको १५ रुपैयाँ तोकिएको छ । यसअघि प्रति घण्टाको २५ रुपैयाँको दरले पार्किङ शुल्क उठाउँदै आएको थियो ।