कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
1965

इन्डियाले सीबी युनिकर्न १६० र होन्डा मोटरसाइकल तथा स्कुटरको उत्पादन बन्द गर्ने भएको छ । यस मोटरसाइकलमा सुरक्षा र प्रदूषण मापदण्ड परिमार्जन गर्न पर्ने देखिएको र बिक्रि संख्या निकै कम भएकोले कम्पनीले यस्तो निर्णय लिएको हो ।
२०१४ मा होन्डाले सीबी युनिकर्न १५० लाई विस्थापित गर्ने लक्ष्य सहित सीबी युनिकर्न १६० भारतमा सार्वजनिक गरिएको थियो । सीबी युनिकर्न १६० बाट राम्रो प्रतिकृया नआएपछि २०१६ मा फेरी सीबी युनिकर्न १५० सार्वजनिक गरिएको थियो । सीबी युनिकर्न १५० झन्डै २० लाख को हाराहारीमा बिक्री क्रस गरिसकेको छ ।
होन्डाका प्रमुख मिनोरु काटोले होन्डाका सबै बाइक तथा स्कुटर बीएस–६ इन्जिनमा उपलब्ध हुननसक्ने भनेर केही महिना अघि बताएका थिए । तर १५० युनिकर्नमा एबीएससहति अपग्रेड गरि सकेको होन्डाले १६० मा कुनै परिवर्तन गराएको छैन ।