कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६
373

काठमाडौं । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मनसुन लक्षित आकर्षक योजना हुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले स्क्राच कार्डमार्फत् १ लाखसम्मको नगद छुटका साथै आकर्षक नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो योजनाअन्तर्गत एक्सचेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको पनि सुविधा प्रदान गरिनेछ । सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसिङ्ग तथा ३ वर्षको वारेन्टीसहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत् ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको  छ ।
हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करौंडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।