कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
606

नाडा अटो शो २०१९ का लागि स्टल बुकिङ खुल्ला भएको छ । नाडाले अटो शोमा सहभागी हुने सदस्यहरुका लागि स्टल बुकिङ जेठ २७ गतेदेखि खुलाएको हो । बुकिङ गर्ने अन्तिम मिति जेठ ३० सम्म रहेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष नाडा अटो शो आयोजना गर्दै आएको छ । ३० गते बुकिङको समय सकिएपछि लक्की ड्र गरी स्टल छनोट हुने नाडाले जनाएको छ । नेपालमा उपलब्ध सबैजसो ब्रान्ड प्रदर्शनीमा सहभागी हुने छन् । नाडा अटो शोमा सवारी तथा सवारी जन्य उत्पादन, बैंक तथा वित्तियसंस्था, विज्ञ तथा सरोकारवालाको सहभागिता रहन्छ । त्यस्तै नेपालमै उत्पादित लुब्रिकेन्ट, टायर समेत प्रदर्शनीमा राखिने छ ।