कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
267

सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर प्रस्तुत गरेको छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा २० हजारको नगद छुट पनि प्रदान गरेको छ। कम्पनीले २ वर्ष वा ३० हजार किलोमिटर (जुन अगाडि हुन्छ) को वारेन्टीसमेत प्रदान गरेको छ। कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ्ग सुबिधा उपलब्ध गराएको छ, जस अन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास सेड्युलअनुसार पर्दछ । बजारमा नयाँ सुपर क्यारीको मूल्य ११ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो । यो अफरले न्यूनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ । ७९३ सिसिको ट्विन सिलिण्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ । यसको ३२.६३ विएचपिको ३५०० आरपिएम तथा २००० आरपिएमको अधिकतम ७५ एन एम को टर्क समावेश छ ।
सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ्ग क्षेत्र रहेको छ । कम्पनीले यसमा ७४० किलोसम्मको भारवहन क्षमता रहेको पनि जनाएको छ । १६० एम एमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ्ग रेडिएस रहेको छ । लाइट स्ट्रिमिङ्ग ह्वील, मोबाइल चार्जिङ्ग सकेट, डुअल असिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदि जस्ता सुविधाहरु यसमा रहेका छन् । १२ इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङ्गको लागि अगाडिको फ्रन्ट डिस्क तथा रियर ड्रम ब्रेक आदि सुपर क्यारीका विशेषताहरु हुन् ।