कारोबार संवाददाता
मंगलबार, जेठ ७, २०७६
295

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा “हिरोडपति नयाँ वर्ष योजना” भन्ने योजना अन्तर्गत दोस्रो लक्की ड्रमा रिमबहादुर सरु मगरले एक लाख नगद जितेका छन् ।
यस योजनाअन्तर्गत हिरोका मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले स्क्राचमा १ लाखसम्म छुट पाउनेछन् । त्यस्तै लक्की ड्र अन्तर्गत १५ दिनमा १ जनाले १ लाखसम्म नगद पाउन सक्नेछन् । यसका साथै तत्काल हिरोफेरि योजनाअन्र्तगत ५ मिनेटमा एक्सचेन्ज र सजिलो हिरो योजनाअन्र्तगत हिरोका सबै मोटर साइकल र स्कुटर किन्न्न उपत्यकाभित्र शून्य प्रतिशत डाउनपेमेन्ट र उपत्यकाबाहिर ५० प्रतिशत फाइनान्स सुविधा उपलब्ध छ ।