कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६
437

काठमाडौं । भारतीय अटो निर्माता अशोक लेल्याण्डले ‘दोस्त प्लस’ बजारमा ल्याएको छ । उक्त उत्पादनको सफ्ट लन्च कार्यक्रममा आइएमई मोटर्स प्रालिले अशोक लेल्याण्डको दोस्त प्लसको टेस्ट ड्राइभसमेत गराएको छ ।
नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याईएको दोस्त प्लस मोडलको ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५ इन्चको टायर, अगाडि ३ र पछाडि ६ स्प्रिङ्ग पत्ता रहेको छ । दोस्त प्लस मोडलको अहिले बजार मूल्य २० लाख४० हजार रुपैयाँ रहेको छ । दोस्त प्लस गाडीका प्रोडक्ट इन्चार्ज प्रभातविक्रम विष्टले यसको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएकोले राम्रो बजार लिने दाबी गर्दै ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देश्यले क्यासलेस बीमा पोलिसी सुविधा पनि ल्याएको बताए ।
अशोक लेल्याण्डले अघिल्लो उत्पादन दोस्त स्ट्रङ्गको सफलताबाट उत्साहित हुँदै उक्त गाडीभन्दा धेरै गुणा राम्रो पर्फर्मेन्स भएको दोस्त प्लस गाडी बजारमा ल्याएको आइएमई मोटर्स प्रालिका सेल्स हेड सुशील थापाले जानकारी दिए । उनले थप उद्धृत गर्दै भने, “अशोक लेल्याण्डमा गरेका लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र ग्राहकले ढुक्क भएर अशोक लेल्याण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्छु । बिक्रीपछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गर्दछौं ।”