कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६
424

काठमाडौं । नेपालमा रेनो गाडीको आधिकारिक वितरक एड्भान्स अटोमोबाईल प्रालि ले ‘पुरानो छोडाँै नयाँ गुडाऔँ’ भन्ने ट्यागलाईनका साथ रेनो एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । ६ मे देखि ९ मेसम्म पोखरामा र ८ मेदेखि ११ मेसम्म भैरहवामा आयोजित मेगा अफरमा अटोमोबाइल ग्राहकहरुले पुरानो गाडी रेनो ब्राण्डको नयाँ गाडीसँग एक्सचेन्ज गरेका थिए ।
ए्डभान्स अटोमोबाईल प्रालिले ग्राहकलाई तुरुन्त मूल्यांकन र एक्सचेन्ज, २ वर्षसम्मको लागि फ्रि सर्भिसिङ,निःशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्रि, इजी फाइनान्स सुबिधालगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारहरु जितेका थिए । रेनो एक्सचेन्ज क्याम्पले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारे जानकारी दिएको थियो ।