कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
1253

रोकेर राखेको ठाउँमा वा यात्रामा हिँडेको समयमा टायर पन्चर भएर कतिपय मानिस हैरान हुने गरेका छन् । यसले समयको बर्बादि त छँदैछ, ठाउँमा पुग्ने समयमा पनि ढिलो हुने समस्या पनि हुने गर्छ ।
कैयौं पटक सहयोगका लागि तपाईंको आसपासमा कोही नहुन पनि सक्छ । विशेषगरी महिलालाई टायर फेर्नका लागि ठूलै समस्या हुन सक्छ । यस्तो अवस्थामा हामी तपाईलाई केही टिप्स बताउँदैछौं, जसको माध्यमबाट १५ मिनेटमै समयमा पन्चर टायर सजिलैसँग फेर्न सकिन्छ ।

यदि चलिरहेकै समयमा टायर पन्चर भयो भने ह्यान्ड ब्रेकको सहयोगबाट गाडीलाई नियन्त्रण गर्नुहोस् । यसपछि कारलाई सही स्थानमा पार्क गर्नुहोस् । सवारी धेरै गुड्ने व्यस्त स्थानमा सवारीलाई नरोक्नुस् । यसले तपाई स्वयंलाई मात्रै नभई अन्य मानिसलाई पनि हैरानी हुन सक्छ । यसका लागि सवारी साधनको हर्नले ध्यान मोडिएर तपाईलाई टायर फेर्नका लागि बढी समय पनि लाग्न सक्छ ।
कारलाई पाखा लगाएपछि रेन्चुको सहयोगबाट पन्चर टायरको नट्सलाई थोरै खुला गर्नुहोस् तर नट्सलाई पूरा नखोल्नुहोस् । यसो गर्नाले गाडीको सन्तुलन बिग्रन सक्छ र ज्याक लगाउन समस्या हुन सक्छ । यदी नट्स बढी कसिएको छ भने तपाईलाई यसलाई खुला गर्न बढी बल प्रयोग गर्नुपर्ने हुन जान्छ ।
नट्सलाई खुला गरेपछि ज्याकलाई सावधानीसँग लगाउनुहोस् । यदी गलत तरिकाबाट ज्याक लगाइयो भने सन्तुलन बिग्रन सक्छ र तपाईले धेरै नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । यो कुरामा विशेष ध्यान दिनुहोस् । आरामले ज्याक उठाउनुहोस् र टायरको सबै नट्स खोलेर पन्चर टायरलाई बाहिर निकाल्नुहोस् ।
जब पन्चर टायरलाई कारको बाहिर निकाल्नु हुन्छ त्यसलाई गाडीको आड लगाएर नराख्नुहोस् । यसलाई जमिनमा राखिदिनुस् । यसपछि सद्धे टायरलाई सन्तुलन बनाएर फिट गर्नुहोस् र नट्सलाई आरामसँग प्ूरै किसिमबाट कस्नुहोस् । समय बचाउनका लागि सधै टायर खोल्ने सामग्री र सबै औजार साथैमा राख्नुहोस् ।