कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
861

सुजुकी फोर ह्वीलरको नेपालका लागि आधिकारिक वितरक सिजि मोटोकर्प तथा अटोमेटिभ डिभिजन अफ सिजि होल्डिङ्गसले तेस्रो पुस्ताको वेगन आर बजारमा ल्याएको छ । नयाँ ठूलो वेगन आरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित गर्ने भन्दै कम्पनीले सुधारिएको स्पेस, कम्फोर्ट, नयाँ जमानाको इन्फोटेनमेन्ट सिस्टम तथा अत्याधुनिक के सिरिज इन्जिनले इन्धन किफायत गर्नुको साथै गाडी चलाउँदा छुट्टै जीवन्त अनुभवन प्रदान गर्ने पनि जनाएको छ ।
५ औं पुस्ताको हियरटेक प्लाटफर्ममा निर्माण गरिएको नयाँ वेगन आरले प्रभावकारी सुरक्षा प्रदान गर्दछ भन्दै कम्पनीले यो प्लाटफर्मले सुरक्षाको सुनिश्चितता प्रदान गर्ने जनाएको छ । यसमा ४० प्रतिशत उच्च टेन्सिल स्टिलको प्रयोग भएको हुँदा यो आफैमा बलियो, सुरक्षित (आवाज, थर्कावट र हार्सनेस कम) बन्न पुगेको कम्पनीले बतायो ।
उच्च कार्यप्रदर्शनको लागि यसमा १.० एल तथा नयाँ ठूलो वेगन आरमा शक्तिशाली १.२ एलको इन्जिन रहेको छ । यसले २१.५ किलोमिटर प्रति लिटर तथा २२.५ किमि प्रति लिटर यात्रा गर्न सकिन्छ । 

“हाम्रो अत्याधुनिक प्रिफर्ड मोडेलको वेगन आर गाडी आकर्षक डिजाइन प्रस्तुत गर्न सफल भएका छौं । नयाँ वेगन आरमा बलियो, आकर्षक, बस्नको लागि धेरै ठाउँ, स्मार्टप्ले स्टुडियो र प्लाटफर्म जस्ता विशेषताहरूले गर्दा यो नेपाली परिवारको लागि विशेष छनौटका रुपमा रहने छ,” नयाँ वेगन आरको प्रदर्शन समारोहमा सिजिमोटो कर्पका कार्यकारी निर्देशक करण चौधरीले भने । सुजुकीले नयाँ ठूलो वेगन आर विकास गर्न करिब ६७० करोड लगानी गरेको बताइएको छ ।