कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
420

सुजुकी इण्डियाद्वारा उत्पादित विश्वप्रसिद्ध जापानी ब्राण्डको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै यही वैशाख ९ गतेदेखि १५ गतेसम्म नेपाल अधिराज्यभर यस कम्पनीको आधिकारिक शोरुमहरुमा सुजुकी मेगा एक्सचेज मेला सुरु गरेकोे छ ।
यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेन्ज गरी सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसअन्तर्गत गुडदै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम ३ हजार र चालू अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजारमूल्य भन्दा थप १५ हजार प्रदान गरिने साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । पछिल्लो समय युवापुस्ता आकर्षित भईरहेको सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने तथा अत्यधिक बलियो भएको तथा सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।