कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५
556

शनिबार काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ । नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक विक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन८८३ को टेस्ट राइड गरी विभिन्न राइडरहरूले आनन्द लिएका थिए ।
त्यसैगरी हार्ले डेभिडसन ब्रान्डका कपडाहरू रस्पेयरपार्ट्सका बारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो । आईएमई ग्रुपअन्तर्गतको आईएमई अटोमोटिभ्सले सन् २०१८ को नाडा अटो शोमार्फत नेपालमा पहिलो पटक हार्ले डेभिडसनका बाइक भिœयाएको थियो । हाल काठमाडौंको गैरीधारामा यसको विश्वस्तरीय शोरुम छ ।
हार्ले डेभिडसन मोटर कम्पनीले कस्टम, क्रुजरर टुरिङ मोटरसाइकलहरू उत्पादन गर्छ । यसले सम्पूर्ण रूपमा स्पेयरपार्ट्स, एसेसरिज, राइडिङ गियरर एप्यारेलका साथै मर्चेन्डाइजको पनि व्यवस्था गरेको छ ।