कारोबार संवाददाता
मंगलबार, चैत्र २६, २०७५
479

फोर्डले २०१९ को संस्करण फोर्ड फिगो गाडी दाङको घोराही बजारमा ल्याएको छ । ओटोमार्ट घोराहीले उक्त गाडी घोराही बजारमा ल्याएको हो ।
गाडीको आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । गाडीको नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन र डा. माधव गोइतले संयुक्त रुपमा सार्वजनिक गरे । फोर्ड फिगो गाडीको मूल्य २४ लाख ९९ हजार रहेको ओटो मार्टका प्रोपाइटर विपिन श्रेष्ठले जानकारी दिए ।
फोर्ड फिगो गाडीमा दुईवटा एयर ब्याग राखिनुका साथै सुरक्षालाई अझ सशक्त बनाउन एविएस, ईएसपि सिस्टम रहेको कम्पनीका मेनेजर विजय थापाले जानकारी दिए । यसले गर्दा गाडी चलाउन समेत आरामदायी रहेको उनको भनाइ रहेको छ । अन्य गाडीको तुलनामा इन्धनको समेत बचत गर्ने थापाको दाबी छ ।