कारोबार संवाददाता
बुधवार, फाल्गुन २९, २०७५
646

कारै नकिनी पुरस्कार पाइने

फोर्ड कम्पनीका कारहरू भैरहवा क्षेत्रमा बिक्री गर्दै आएको गो– फोर्ड अवन्तिका अटोमोबाइल्सले कार पारखीहरूका लागी नयाँ योजना ल्याएको छ ।
रुपन्देही-कार पारखीहरूका लागि यो योजनामा स्मार्ट टेलिभिजन सहितका आकर्षक पुरस्कार, गिफ्ट ह्याम्परको निःशुल्क व्यवस्था गरेको गो फार्ड अवन्तिका अटो मोबाइल्सका प्रबन्ध निर्देशक पावन अग्रवालले जानकारी दिए ।

अग्रवालका अनुसार यो उपहारका लागि कार खरिद गर्नु पर्दैन, खाली गो–फोर्ड शो रुम अञ्चलपुरमा गएर फोर्डका कारहरूको टेस्ट ड्राइभ वा त्यहाँ बिक्रीका लागि राखिएका कारहरूको बारेमा जानकारी लिई नाम दर्ता गराए मात्रै पुग्छ । नाम दर्ता गराउने, टेस्ट ड्राईभ गर्ने र हालसम्म गो फोर्ड अवन्तिका अटो मोबाइलबाट कार खरिद गरेकाहरूको नामावलि राखी लक्की ड्र मार्फत पुुरस्कार विजेताको नाम सार्वजनिक गरिनेछ ।
भिजिट एन्ड विन नाम दिइएको यो योजनामा लक्की ड्र मार्फत ३२ इन्चको एलसिडी एलईडी टिभी एक जनालाई, स्मार्ट मोबाइल फोन १ जनालाई, ५ जोडीलाई पाँचतारे रिसोर्ट टाइगर प्यालेसमा लन्च र पाँच जनालाई भैरहवाको सानु डिपार्टमेन्टल स्टोरमा २ हजार रुपैयाँबराबरको सपिङ कुपन प्रदान गरिने जनाइएको छ । यो योजना अन्य कम्पनीका योजनाभन्दा नौलो र आकर्षक रहेकाले कार पारखीहरूलाई मनपर्ने तथा पुरस्कार पाउन कारनै खरिद गर्न नपर्ने योजना रहेकाले पनि आकर्षक रहेको गो–फोर्ड अवन्तिका अटोमोबाइल्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।
एक वर्ष अघिदेखि भैरहवा क्षेत्रमा फोर्ड कम्पनीको कार बिक्री वितरण गर्दै आएको गो–फोर्ड अवन्तिकाले सुजुकी, हुन्डाई, निसानसँगै बजारमा राम्रो उपस्थिति जनाएको र अपेक्षाअनुसार बिक्री भइरहेको जनाएको छ ।