कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५
748

टोयोटाले आफ्ना ग्राहकहरुको लागि सधैं विश्वसनीय र मजबुत सवारीसाधन उपलब्ध गराउँदै आएको भन्दै टोयोटाको नयाँ एसयुभी ‘रश’मा पनि कम्पनीले उही विरासतलाई निरन्तरता दिएको जनाएको छ । हरेक प्रकारको सडकमा यसको प्रदर्शन शानदार रहेकोले यसको ७ वटा रश एसयुभीले ६ दिन लामो मुस्ताङ यात्रामार्फत् यस कुरालाई थप प्रमाणित गरेको पनि कम्पनीले जनाएको छ ।
फरक प्रकारका भौगोलिक अवस्थिति, धरातल र सडकहरु पार गर्दै मुस्ताङ्गसम्मको यात्रा पूरा गरिएको यात्रा फागुन २० देखि काठमाडौबाट शुरु भएको यात्रा २६ गते पोखरामा आई सकिएको थियो । टोयोटाको नयाँ एसयुभी रशले खराब पहाडी सडकमा पनि कुनै समस्या र रोकावट बिना आफ्नो यात्रा पूरा गरेको टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाइटेड ट्रेड सिण्डिकेटले बताएको छ ।

रश टु मुस्ताङमा सहभागी टोलीले टोयोटाको पोखरा स्थित डिलर अटो ओयज प्रालिको शोरुमबाट पुनः ¥यालीको आयोजना गरेका थिए । उक्त ¥यालीमा पोखरास्थित टोयोटाका ग्राहक र मोटरका शौखिन अन्य ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त ¥याली आयोजनापश्चात् १५ टोयोटा रश गाडीको शोरुम बुकिङ पनि हुन पुग्यो ।
वैद्यज अर्गनाइजेसनको एक डिभिजन युनाइटेड ट्रेड सिण्डिकेट टोयोटाको नेपालको लागि आधिकारिक बिक्रेता हो । नेपालमा टोयोटाले आफ्नो ५० वर्ष पूरा गरिसकेको छ । गुणस्तर, प्रदर्शन र कम्फोर्टमा टोयोटा अद्वितीय रहेको कम्पनीको दाबी छ ।