कारोबार संवाददाता
मंगलबार, पुष २४, २०७५
686

नेपालका लागि टाटा हिटाचीको अधिकृत विक्रेता सिप्रदी अर्थमुभर्स प्रालिले आफ्नो नयाँ प्रोडक्ट सार्वजनिक गरेको छ । कम्पनीले टाटा इएक्स १३० र इएक्स ७० बजारमा ल्याएको हो ।
विविध विशेषतायुक्त टाटा इ एक्स १३० ले कम इन्धन खपतमा कार्य गर्न सक्नुका साथै कम समयमा नै लगानीको प्रतिफल प्रदान गर्ने ती उत्पादन सार्वजनिक कार्यक्रममा जानकारी गराइएको थियो । साथै सिप्रदी अर्थमुभर्स प्रालिले विगत लामो समयदेखि नेपाली बजारमा विभिन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र ह्विल लोडर उपलब्ध गराउँदै आएको छ ।