कारोबार संवाददाता
मंगलबार, पुष २४, २०७५
733

डाट्सन तथा निशान गाडीको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले राष्ट्रव्यापी रुपमा विन्टर सर्भिस क्याम्प सञ्चालन गरेको छ । यस क्यामको प्रारम्भ पुस २४ गतेदेखि माघ १२ गतेसम्म सञ्चालन हुनेछ ।
यो सर्भिस क्याम्प देशभर रहेका कम्पनीका आधिकारिक सर्भिस सेन्टरहरुमार्फत् सहजै उपब्ध हुनेछ । यो निःशुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले अन्य विभिन्न अतिरिक्त सुविधाहरु पाउने छन् । उपभोक्ताले यो अवधिमा निःशुल्क गाडी चेकअप, निःशुल्क टप वास, स्पेयर पार्टको खरिदमा २० प्रतिशतसम्म छुट तथा अन्य एक्सेसरिजहरुको खरिदमा २० प्रतिशत छुटलगायत अन्य थुप्रै सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो सर्भिस क्याम्प पायोनियर मोटो कर्पले आफ्ना ग्राहकहरु समक्ष उत्कृष्ट एवं ग्राहकमुखी उच्चतम अनुभव प्रदान गर्न गरिएको एक पहल हो । यस विन्टर क्याम्प अवधिभर ग्राहकहरुले आफ्नो गाडीको अवस्था एवं कार्यक्षमताको प्राविधिक जाँच गर्न सक्ने छन् ।