कारोबार संवाददाता
मंगलबार, मंसिर ४, २०७५
668

भारतमा ट्राफिक नियमबारे सही तरिकाले कार्यान्वयन भएको छैन । यसै कारण यहाँ सडक दुर्घटना समेत निकै हुने गरेका छन् । मानिसका बीचमा ट्राफिक नियमलाई लिएर केही विवादसमेत हुने गरेका छन् । ट्राफिक नियम कार्यान्वयन हुन नसक्नु नै यसको कारण हो । यहाँ केही ट्राफिक नियमबारेका भ्रम र ती भ्रमका बारेमा सत्य कुराको जानकारी दिइएको छ ।
१. राति १० बजेपछि ट्राफिक लाइट

रातको समयमा अक्सर दुर्घटनाको कारण ट्राफिक लाइटको पालना नगरेका कारणले हुने गर्छन् । यस्तो भ्रम छ कि १० बजेपछि ट्राफिक सिग्नलको पलना गरिरहन पर्दैन र कार्यान्वयन गराउनु पर्दैन । केही ट्राफिक सिग्नलमा रातिको समयमा लाइट बन्द हुने गरेका छन् । केही ट्राफिक सिग्नलमा पुरै वा आशिंक रूपमा रातो र पहेँलो लाइट ब्लिंक गरिरहन्छ । पहिले यी तीनै लाइटको मतलब सम्झनु आवश्यक छ । यदी लाइट पुरै तरिकाले बलेको छ भने दिनमा झैं रातिको समयमा पनि पालना गर्नुपर्छ । यदी सिग्नल आशिंक रूपमा बलेको छ र पहेँलो लाइट ब्लिंक गरिरहेको छ भने त्यसको मतलब गाडीको गती कम गर, हेर अनि अघि बढ भन्ने हो ।
२. वनवे रोडमा गाडी घुमाउनु अपराध होइन
भारतमा मानिसहरू बीच यो एक ठूलो विवादको विषय हो । कुनै वनवे रोडमा गाडी घुमाउनु कुनै पनि तरिकाले जायज होइन ।
३. ‘नो पार्किङ’ बाहेक अन्य सबै ठाँउमा पार्किङ गर्न मिल्छ
मानिसहरू सामान्यतया सोच्छन कि जहाँ ‘नो पार्किङ’ को बोर्ड छ, केवल त्यहाँ मात्रै पार्किङ गर्न मिल्दैन । त्यसबाहेकका सबै ठाँउमा पार्किङ गर्न मिल्छ । तर यो सत्य कुरा होइन । यदी तपाईं कुनै अस्पताल, विद्यालय, बस स्टप, मेन रोड, ट्राफिक सिंग्नल, जेब्रा क्रसिङमा समेत गाडी रोक्न पाउनु हुन्न । यदी यी नियमको तपार्इंले पालना गर्नुभएन भने जरिवाना तिर्नुपर्छ ।
४. दाहिने साइटबाट मात्रै ओभरटेक गर्न सकिन्छ
भारतको ट्राफिक नियम यस्ता छ कि ड्राभरले बायाँ लेनमा गाडी चलाउनुपर्छ । त्यसैले दाँया साइटबाट मात्रै अभेरटेक गर्नुपर्छ । तर यो नियम सँधै लागू हुँदैन । यदि सामुन्नेको गाडी राइट टर्न लिइरहेको छ र राइट ब्लिंकरको अन गरेको छ भने पछिल्लो गाडीले बायाँ तर्फबाट ओभरटेक गर्न सक्छ ।
५. हेडलाइटको चम्किलो प्रकाश
जुन इलाकामा उज्यालो छैन, वा धेरै अध्यारो छ भने त्यहाँ हेडलाइटको चम्किलो प्रकाशले अगाडिको कुरा सहजै देखिन्छ । तर भीडभाडवाला क्षेत्र वा उज्यालो भएको क्षेत्रमा चम्किलो उज्यालो घातक सावित हुनसक्छ । यस्तो अवस्थामा अर्को साइटबाट आइरहेको गाडीले केही नदेख्न सक्छ र दुर्घटनासमेत हुनसक्छ । यदि अगाडिबाट गाडी आइरहेको छ वा कुनै गाडीको पछि तपार्इं हुनुहुन्छ भने बत्ती मधुरो गर्न आवश्यक छ ।
६. मापसेपछि खाना खाएर गाडी चलाउन सकिन्छ
यो विषयमा निकै ठूलो विवाद छ, यस्तो मानिन्छ कि मापसेपछि खाना खानाले अल्कोहलको मात्रा शरीरमा कम हुन्छ । यद्यपि यो स्थितिमा केवल १० देखि २० प्रतिशतमात्र अल्कोहल कम हुनसक्छ । जबकि शरीरमा ब्लड अल्कोहल ०.०३ प्रतिशतभन्दा बढी हुन हुँदैन । अर्थात् १०० मिलिलिटर ब्लडमा ३० मिलिग्राम । मापसेपछि खाना खाँदा पनि तपार्इंको शरीरमा अल्कोहलको मात्रा पर्याप्त हुन्छ ।
७. ह्याण्ड फ्रि डिभाइस प्रयोग गर्न सकिन्छ
धेरै मानिस यो सोच्छन कि मोबाइलमा हेडसेट लगाएर ड्राइभिङ गरिरहेको समयमा कुरा गर्न सकिन्छ । तर यो सत्य कुरा होइन । भारतको ट्राफिक नियममा यो उल्लेख गरिएको छ कि, गाडी चलाइरहेको समयमा कुनै पनि किसिमले फोनमा कुरा गर्नु कानुनको उल्लंघन गर्नु हो । गाडी चलाइरहेको समयमा फोनमा कुरा गर्दा ड्राइभरको ध्यान मोडिने सम्भावना रहन्छ र दुर्घटनाको खतरा बढ्छ । सत्य कुरा यो हो कि गाडीमा गीत सुन्नाले ध्यान जति मोडिँदैन, उति नै धेरै फोनमा कुरा गर्नले मोडिन्छ । यदी तपाईं हेडसेटको प्रयोग गर्नुहुन्छ भने बाहिरबाट आउने हर्न र अन्य आवज सुन्न सक्नुहुन्न । जुन दुर्घटनाको कारक बन्न सक्छ ।