कारोबार संवाददाता
मंगलबार, मंसिर ४, २०७५
397

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा नेक्सन नयाँ मोडल क्राज बजारमा ल्याएको छ । सिप्रदीले नेपाली बजारमा सर्वाधिक बिक्री भएको कम्प्याक्ट एसयूभी नेक्सनको अर्को संस्करणको बिक्री सुर गरेको हो । टाटाले नेक्सनको लागि लेभल नेक्स्ट नारा दिएको छ ।
नेक्सनको अर्को आकर्षक संस्करण नेक्सन क्राजलाई मुख्यतः सक्रिय र साहासिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यक्ता र मागलाई सम्बोधन गर्न ल्याएका कम्पनीले जनाएको छ । मल्टिड्राइभ मोडको विशेषतायुक्त यो गाडी सहरको व्यस्त सडकदेखि राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक तवरले चलाउन सकिने कम्पनीको दाबी छ ।

भारतीय बजारमा आक्रामक बजार विस्तार गर्न सफल टाटा नेक्सन २०१८ को फेब्रुअरी महिनामा नेपाली बजारमा आएको हो । टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनवरी ४ देखि नेपाली बजारमा नेक्सनको प्रिबुकिङ सुरु गरेको थियो । फेब्रुअरी २१ मा सिप्रदीले नेक्सन औपचारिक रूपमा सार्वजनिक गरेको थियो ।
नेक्सनमा २ सय ९ एमएम ग्राउन्ड क्लियरेन्स, डिजेल भेरियन्टले २ सय ६० एनएम टर्क दिन्छ । यो क्षमता सेगमेन्टमै उत्कृष्ट भएको कार्कीको भनाइ छ । नेक्सटमा मल्टि ड्रइभ मोड छ । यसमा तीन वटा इको, सिटी र स्पोर्टस् मोड रहेको छ । इको मोडले माइलेज राम्रो दिने भएकाले बजेट कन्सियहरुलाई आकर्षित गर्छ । त्यस्तै सिटी मोडमा पावर तथा माइलेजको उत्कृष्ट संयोजन हो र स्पोर्टस् मोडले माइलेजभन्दा पावर कन्सियसहरुलाई आकर्षित गर्ने उनको भनाइ छ । यो सेगमेन्टका कारमा टाटा नेक्सनमा मात्र यो विशेषता उपलब्ध रहेको छ ।
दुई कालो र हरियो रङ मिश्रण भएको नेक्सन क्राज १२ सय पेट्रोल र १५ सय सीसी डिजेल इन्जिन उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेक्सन क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्टमा उपलब्ध रहेको छ । डिजेल भेरियन्टको सुरुवाती मूल्य ४३ लाख ८५ हजार रुपैयाँ छ भने पेट्रोल भेरियन्टको सुरुवाती मूल्य ३९ लाख ९५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।