नबिल बैंकको शैक्षिक कर्जा अब अझ सहज «

नबिल बैंकको शैक्षिक कर्जा अब अझ सहज

नबिल बैंकले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रक्रियालाई अझै सहज बनाएको छ । अब विद्यार्थीहरूले सम्बन्धित कलेज/विश्वविद्यालयबाट भर्नाका लागि अफर–लेटर प्राप्त गर्नुअघि नै शैक्षिक कर्जाका लागि बैंकमा आवेदन गर्न सक्नेछन् । विद्यार्थीहरूले प्रयासरत कलेज/विश्वविद्यालयको पाठ्यक्रम र त्यसका लागि लाग्ने अनुमानित खर्च प्रष्ट पार्ने कागजातसहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन् ।
यो नयाँ व्यवस्थाले शैक्षिक कर्जा सेवा प्रदान गर्न अत्यन्त सहज हुने अपेक्षा गरिएको छ, जसबाट विद्यार्थीलाई एकातिर कर्जा प्रक्रियाका लागि पर्याप्त समय उपलब्ध हुनेछ भने सत्रमा देखिने चाप तथा छोटो समयमा प्रक्रिया पुराउनुपर्ने बाध्यताबाट विद्यार्थीहरू मुक्त हुने छन् भन्दै बैंकले संशोधित शैक्षिक कर्जा प्रक्रियाका बारेमा जानकारी गराउनका लागि बैंकले विभिन्न शैक्षिक परामर्शदाताहरूसँग अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिएको पनि जनाएको छ ।
उक्त अन्तक्र्रिया कार्यक्रम बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले उद्घाटन गरेका थिए । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “विद्यार्थीहरूका लागि अझ राम्रो सेवा प्रदान गर्ने उद्देश्यले शैक्षिक कर्जा प्रक्रिया सरल र सहज बनाइएको हो । यस्तो प्रकारको कर्जा आवेदन गर्न अब विद्यार्थीहरूले कलेज/विश्वविद्यालयबाट अफर–लेटरका लागि लामो समय प्रतीक्षा गरिरहनु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्