ज्योति विकास बैंकको उच्च व्यवस्थापनमा पदाधिकारीहरु नियुक्त «

ज्योति विकास बैंकको उच्च व्यवस्थापनमा पदाधिकारीहरु नियुक्त

ज्योति विकास बैंकका उच्च व्यवस्थापनमा दुई नयाँ पदाधिकारीहरु नियुक्त भएका छन् । सोमबार बैंकको नायव महाप्रबन्धकमा सुशीलकुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएको बैंकले जनाएको छ । सुशीलकुमार शर्माको २३ बर्ष नेपाल एसबीआई बैंक र ५ वर्ष नेबिल बैंकमा काम गरेको अनुभव छ भने उनी यस अघि एसबीआई बैंकको क्षेत्रीय प्रबन्धकका रूपमा कार्यरत थिए ।
व्यवस्थापनमा स्नातकोत्तर शर्मासँग शाखा प्रबन्धकदेखि विभागीय प्रमुख तथा क्षेत्रीय प्रबन्धकसम्मको काम गरेको अनुभव छ । त्यसैगरी रामहरि आचार्य सँग एभरेस्ट बैंकमा २० वर्ष काम गरेको अनुभव छ । व्यवस्थापनमा स्नातकोत्तर आचार्य यसअघि एभरेस्ट बैंकको प्रबन्धकका रूपमा कार्यरत थिए । उच्च व्यवस्थापनमा स्थापित वाणिज्य बैंकमा लामो समयसम्म महत्वपूर्ण भूमिकामा रहनुभएका व्यक्तिहरुको नियुक्तिले ज्योति विकास बैंकको लक्ष प्राप्ति यात्रा अझ सहज हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्