वालुवा मजदुरलाई त्रिशुलीले बगायो

धादिङ-भदौको उर्लदो त्रिशुलीको भेलमा ढुवेर वालुवा निकालेर पैसा तुल्याएर छोराछोरी र श्रीमति पाल्ले सपना बोकेर त्रिशुली नदीमा पसेका प्रकाश थापा मगर एक थुन्चे वालुवा निकाल्न नभ्याउदै त्रिशुली नदीले बगायो । प्रकाश र सपनालाई मात्र बगनएर सिंगो परिवारको खुशी भदौको उर्लदो भेलले बगायो । सोमवार विहान साढे आठदेखि ९ वजेसम्म विचको समयमा प्रकाश सहित ३ जना त्रिशुली किनारमा पस्यौ । पस्दापस्दै पानीले घुमायो म (उत्तम थापा) र अर्को एक जना मुस्किलले निस्क्यौ । प्रकाशलाई बगायो । उ अलि मोटो पनि थियौ उत्तम थापाले बताए ।
सिद्धलेक ७ भालडाँडाका प्रकाश सहित ४ जना र तराई का एक जना गरी ५ जनाको समुहमा उनीहरु घाटवेशी क्षेत्रमा वालुवा निकाल्थे । आज (सोमवार) पहिलो पटक गजुरी गाँउपालिका वडा नं. ६ बेल्खुखोलामा वालुवा निकाल्न गएको उत्तमले बताए । त्रिशुली किनारमा मेसिनले गहिरो बनाएको रहेछ । हामीलाई जानकारी भएन उत्तमले भने । बेल्खुबाट त्रिशुली बगाएको शव बाङ्गेमा वालुवा निकाल्दै गरेका मजदुरहरुले निकालेको सशस्त्र प्रहरी वल राजमार्ग सुरक्षा वेस क्यामका नायव उपरिक्षक योग्य बस्नेतले जानकारी दिए ।
गजुरी–६ बेल्खुमा कृष्णलाल श्रेष्ठ मार्फत त्रिशुली नदीमा वालुवा झिक्न भएका सिद्धलेक –७, भालडाँडाका वर्ष २२ को प्रकाश थापा मगर नदिले बगाई र्मत अबस्थामाको काम गर्ने क्रममा मजदुर बगाएको घाटवेशी तल नदिमा फेला परेको छ राजु लामा घिसिङले फेसवुकमा पोष्ट गरेकाछन् । श्रेष्ठसंग मेरो उद्योग नजिक काम गरेको तर मैले नलगाएको बताए । तर सवै साथीहरु मिलेर प्रकाशको परिवारलाई सहयोग गर्ने उनले बताए । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख एंव निरीक्षक नवराज ढुंगेलले प्रकाशको शव पोष्टमार्टम गरि परिवारले बुझि सकेको बताए ।
त्रिशुली नदीमा कति मजदुरले काम गर्छन भन्ने तथ्यांक कोहीसंग पनि छैन । अनौपचारिक क्षेत्र र खुला भएकाले जहाँको जो आएर पनि काम गर्दै आएकाछन् । हरेक वर्ष मजदुर बगाउने र पुरिने समस्या हुदै आएका छ । अव गाँउपालिकाले आफ्नो सिमा क्षेत्र मित्र मजदुर भलाई तथा परिवार सुरक्षा कोष अर्थात समुह विमा कुन प्रभावकारी हुन्छ सरोकारवालाहरु संग तत्काल छलफल गर्ने गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए । यो समयमा धादिङ जिल्ला भर ४ हजार जना भन्दाबढी मानिसहरु त्रिशुली नदीसहितका खोलाखोल्सीमा वालुवा निकाल्न व्यस्त छन् । उनीहरुले प्रति टिपर ८ देखि ९ हजारसम्म पाँउछन् । वालुवामा पनि भ्याट अनिर्वाय भएकाले कम्पनी तथा फर्म दर्ता गरेकाहरुले १२ हजारमा भ्याट वील काट्छन् । गाँउपालिकाहरुले प्रति टिपर एक हजार र निकासी कर लिदै आएको छ ।