प्राधिकरणमा कार्य सम्पादन सम्झौता «

प्राधिकरणमा कार्य सम्पादन सम्झौता

 नेपाल विद्युत् प्राधिकरणले कार्यालय प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता (परफरमेन्स एग्रिमेन्ट) सुरु गरेको छ । निश्चित लक्ष्य र दायित्व तोकेर प्राधिकरण व्यवस्थापनले पहिलोपटक विराटनगर क्षेत्रीय कार्यालयबाट कार्य सम्पादन सम्झौता सुरु गरेको हो । प्राधिकरणको लक्ष्यमा प्रगति हासिल गर्नका लागि पहिलोपटक कार्य सम्पादन सम्झौता सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । “प्राधिकरणका जिम्मेवार अधिकारीहरूलाई निश्चित लक्ष्य दिएर त्यो प्राप्तिका लागि जिम्मेवार बनाउन परफरमेन्स एग्रिमेन्ट सुरु गरेका हौं,” उनले भने, “यसले प्राधिकरणको लक्ष्य हासिल गर्नमा अझ सहज बनाउँछ ।” नेपाल विद्युत् प्राधिकरणले कार्यालय प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता (परफरमेन्स एग्रिमेन्ट) सुरु गरेको छ । निश्चित लक्ष्य र दायित्व तोकेर प्राधिकरण व्यवस्थापनले पहिलोपटक विराटनगर क्षेत्रीय कार्यालयबाट कार्य सम्पादन सम्झौता सुरु गरेको हो । प्राधिकरणको लक्ष्यमा प्रगति हासिल गर्नका लागि पहिलोपटक कार्य सम्पादन सम्झौता सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । “प्राधिकरणका जिम्मेवार अधिकारीहरूलाई निश्चित लक्ष्य दिएर त्यो प्राप्तिका लागि जिम्मेवार बनाउन परफरमेन्स एग्रिमेन्ट सुरु गरेका हौं,” उनले भने, “यसले प्राधिकरणको लक्ष्य हासिल गर्नमा अझ सहज बनाउँछ ।”विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख बज्रभुषण चौधरीलगायत १७ क्षेत्रीय प्रमुखसँग सम्पादन सम्झौता गरिसकेको प्राधिकरणले सबै क्षेत्रीय कार्यालय प्रमुखहरूका साथै वितरण केन्द्रका प्रमुखहरूसँग सम्झौता गर्न लागेको छ । कार्यकारी निर्देशक घिसिङ र विराटनगर क्षेत्रीय कार्यालयका निर्देशक चौधरीसँग कार्यसम्पादन सम्झौता भएको थियो । यसैगरी, ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी सुनिल ढुंगेल र चौधरीले क्षेत्रीय कार्यालयअन्तर्गत वितरण केन्द्रका प्रमुखसँग पनि सम्झौता गरेका थिए । “विराटनगरबाट सुरु भएको सबै क्षेत्रीय र वितरण केन्द्रहरूका प्रमुखसँग कार्य सम्पादन सम्झौता हुनेछ,” प्राधिकरणका ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक सुनिल ढुंगेलले भने“प्राधिकरणको कार्य सम्पादनलाई अझ प्रभावकारी बनाउनका लागि कार्य सम्पादन सम्झौता सुरु गरिएको हो ।”उपकार्यकारी निर्देशक ढुंगेलका अनुसार, कार्य सम्पादन सम्झौतामा प्रत्येक क्षेत्रीय तथा वितरण केन्द्रका प्रमुखहरूले बक्यौता उठाउने, चुहावट नियन्त्रण, अनलाइन पेमेन्ट, नोलाइट सर्भिस लगायतका विद्युत् प्राधिकरणले गर्ने सेवाको लक्ष्य निर्धारण गरिन्छ भने लक्ष्य हासिल गरेमा उनीहरूलाई पुरस्कृत समेत गरिनेछ । लक्ष्य हासिल गर्ने प्रमुखहरूलाई बढुवामा प्राथमिकताका साथै क्षमता अभिवृद्धिका लागि स्वदेशी तथा विदेशी तालिम, सेमिनारलगायतका कार्यमा प्रोत्साहन दिने लक्ष्य प्राधिकरणको छ । गत असारसम्म प्राधिकरणको प्रणालीमा २३ प्रतिशत विद्युत् चुहावट रहेकोमा  चालू आर्थिक वर्षमा २० प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । तीन बर्षभित्र चुहावट १५ प्रतिशतमा झार्ने गरी अघि बढेको र वितरणतर्फको चुहावट १० प्रतिशतमा झार्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । प्राधिकरणले ग्राहक तथा वितरण निर्देशानालयपछि प्राधिकरणका अन्य निर्देशानालयका प्रमुख तथा मुख्य जिम्मेवार व्यक्तिहरूसँग पनि कार्य सम्पादन सम्झौता गर्ने योजना बनाएको छ । निश्चित लक्ष्य निर्धारण नगरेको कारण विद्युत् वितरणदेखि उत्पादन लगायतका अन्य क्षेत्रको प्रगति प्रतिस्पर्धी र प्रभावकारी हुन नसकिरहेको बेला कार्य सम्पादन सम्झौताले प्राधिकरणको काम अझ चुस्त र दुरुस्त हुने अपेक्षा गरिएको छ । विगतमा विद्युत् प्राधिकरणको सेवाभन्दा पनि व्यक्तिगत स्वार्थका लागि आकर्षक ठाउँमा सरुवा भएर जाने प्रवृत्ति न्यूनीकरण गर्नलाई समेत कार्य सम्पादन सम्झौता सुरुवातले सहयोग पुग्ने प्राधिकरणका व्यवस्थापनले विश्वास लिएको छ । 

प्रतिक्रिया दिनुहोस्