ई–सेवा पसल सञ्चालनमा «

ई–सेवा पसल सञ्चालनमा

ई–सेवा पसल सञ्चालनमा ई–सेवा पसल सञ्चालनमा कारोबार संवाददाताकाठमाडौं, १७ भदौरुपमा रि–ब्रान्डिङ सञ्चालनमा ल्याएको जनाएको छ । कार्यक्रममा ई–सेवा पसल डटकमका प्रमुख कार्यकारी अधिकृत मनिस श्रेष्ठले अनलाइन सपिङका क्षेत्रमा इसेवा पसल एक महत्वपूर्ण कोसेढुंगा हुने विश्वास व्यक्त गरे । “अबको भविष्य भनेकै अनलाइन सपिङको हो, हामी ग्राहकलाई सर्वशुलभ मूल्यमा उच्चतम सेवाप्रदान गर्नेछौं,” उनले भने । कम्पनीले ई–सेवा पसलको औपचारिक उद्घाटन गरेको अवसरमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर  गर्दै विभिन्न किसिमका छुट योजना सार्बजनिक गरेको छ । छुट योजना अनुसार ग्राहकहरूले इसेवा पसलमा सामान किन्दा ई–सेवामार्फत रकम भुक्तानी गर्दा ५ प्रतिशतसम्म क्यासब्याक पाउन सकिनेछ । 
यता नबिल बैंकको भिसाकार्ड मार्फत अनलाइन रकम भुक्तानी गर्दा २५ प्रतिशत र कार्ड अनडेलिभरी गर्दा १० प्रतिशत क्यासब्याक पाइनेछ । कम्पनीले किस्ताबन्दीमा सामान किन्न सकिने सुविधाका साथसाथै दशैंलाई मध्यनजर गरेर सामान किन्दा लक्कीड्रमार्फत आफ्ना ग्राहकलाई भिभिन्न किसिमका ग्राहकउपहार योजना ल्याउने जनाएको छ । ई–सेवा पसलले सामान अर्डर गरेको २४ घण्टाभित्र निःशुल्क सामान डेलिभरी गर्नेसमेत जनाएको छ ।ई–सेवा पसलमा ई–सेवालगायत नेपालका अधिकांश बैंकका मोबाइल बैंकिङ, ई–बैंकिङ र कार्डमार्फत भुक्तानी गर्न सकिनेछ । सन् २००४ बाट सञ्चालनमा आएको एफवानसफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाललगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दैै आएको छ । 

प्रतिक्रिया दिनुहोस्