चीनले बनायो विश्वकै ठूलो विमान

चीनले विश्वकै ठूलो एंफिबियस विमान बनाएको छ । यो विमानले आइतबार उडान भरेको छ । यो एंफिबियस विमानको नाम कुनलङ राखिएको छ । यो विमानले दक्षिण–चीन सागरको विमानस्थलमा आइतबा आफ्नो पहिलो उडान भरेको छ । उडान सफल पनि भएको बताइएको छ ।
यो विमन ३९.६ मिटर लामो भएको एभियसन इन्डस्ट्रि कर्पोरेसन अफ चाइना (एभीआईसी) ले जनाएको छ । विमानको पंखाको लम्बाई ३८.८ मिट छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यो विमान विश्वकै ठूलो एंफिबियस विमान हो । यो विमानको निर्माण २०१५ को जुलाई १७ मा सुरु भएको २०१५ मा सार्वजनिक भएको सूचनाले जनाएको थियो ।
यो विमानलाई आकासमा उडाउनुका साथै पानीमा पनि प्रयोग गर्न सकिन्छ । एजी–६०० विमान आफ्नो अधिकतम वजन तथा उडान क्षमताका कारण विश्वका अन्य एंफिबियस विमानको तुलनामा राम्रो भएको चीनले जनाएको छ ।