हुवावे चीनकै उत्कृष्ट कम्पनी «

हुवावे चीनकै उत्कृष्ट कम्पनी

सेनयाङ-चीनले हालै सार्वजनिक गरेको उत्कृष्ट ५ सय ठूला कम्पनीमा हुवावे र ई–कमर्स फर्म सुनिङ पहिलो स्थानमा कायम भएका छन् ।
अल चाइना फेडेरेसन अफ इन्डस्ट्री एन्ड कमर्स (एसफिक) ले सेनयाङमा आयोजना भएको टप–५०० निजी व्यवसाय शिखर सम्मेलन, २०१८ मा यो सूची सार्वजनिक गरेको हो ।
२०१७ मा सबै ठूला ९ निजी फर्मको आम्दानी ३ सय अर्ब युआन अर्थात् ४४ अर्ब अमेरिकी डलर नाघेको छ ।
शीर्ष ९ कम्पनीमा हुवावे, सुनिङ, अमेर इन्टरनेसनल, जेडी डट कम, विक्विओ पायोनियरिङ ग्रुप, लेजेन्ड होल्डिङ, इभरग्रान्डे, गोम होल्डिङ र हेङली ग्रुप रहेका छन् ।
५ सय निजी कम्पनीमध्ये ६१ फर्मले आफ्नो आम्दानी २०१७ मा १ सय अर्ब युआन नाघेको बताएका छन् । यो अघिल्लो वर्षको तुलनामा ११ ले बढी हो ।
“चीनका निजी व्यवसायहरूले गत वर्ष उत्कृष्ट विकासको अवस्था पाएका थिए,” एसफिकका उपाध्यक्ष हुवाङ रोङले बताए ।

प्रतिक्रिया दिनुहोस्