अमेरिकासँग लड्न सशक्त सेनाको आवश्यकता : पुटिन «

अमेरिकासँग लड्न सशक्त सेनाको आवश्यकता : पुटिन

पछिल्लो समयमा अमेरिका र रुसबीचको खिचातानी थप बढदै गएको छ । यसलाई मध्यनजर गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) सँग लड्नका लागि रुससँग सैन्य बलको आवश्यकता भएको बताएका छन् । उनले अमेरिकी सरकारको नयाँ सुरक्षा नीतिलाई आक्रामक भएको बताउदै यसको मुकाबिला गर्न रुसको सेनालाई व्यवहारिक तरिकाले काम गर्न आवश्यक भएको बताए ।
पुटिनले भने,“हाम्रो आवश्यकताको विषय भनेको संप्रभुता, शान्ति, नागरिकको सुरक्षा तथा देशको विकासका लागि स्वतन्त्र विदेश नीति अपनाउनु हो । रुस परमाणु बलमा सशक्त तथा आत्मनिर्भर छ तर यसलाई थप बढाउनु आवश्यक छ । २०२१ सम्म हाम्रो ९० प्रतिशत परमाणु सैन्य सक्ति नयाँ क्षेप्यास्त्र प्रणालीमा मिलाउनु आवश्यक छ ।”
२०१८ मा रुसले आफ्नो जीडीपीको २.८ प्रतिशत अर्थात ४६ अर्ब डलर रक्षाका लागि खर्च गर्दैछ । २०१७ मा रुसको रक्षा बजेट ५२ अर्ब डलर थियो ।

 

प्रतिक्रिया दिनुहोस्