कर्णाली नदीका झोलुंगे पुल जोखिममा «

कर्णाली नदीका झोलुंगे पुल जोखिममा

बाजुरा-नदीमा पानीको बहाव बढेपछि कर्णाली नदीमा रहेका झोलुंगे पुल उच्च जोखिममा परेको छ । कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । अहिले पुलमाथि नै पानी आइपुग्ने र पुलको छेउमा नदीले कटान गरेका कारण आवतजावत गर्न समस्या भएको स्थानीय प्रेम महतले बताए ।
कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल वर्षात्को समयमा जोखिममै रहने गरेको छ । पुलको दुवैतिर रहेको वालसमेत भत्कने अवस्थामा रहेको स्थानीयले बताए । पुलभन्दा माथि नै पानी पुगेपछि आवतजावतमै समस्या भएको छ । पुल नै बगाउने होकि भन्ने चिन्ताले पुल तर्न निकै समस्या भएको स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहले बताए । दैनिक चार पाँच सयभन्दा बढी मानिस र दैनिक उपभोग्य सामान बोकेर खच्चर पुल वारपार गर्दछन् । केही दिन यता पुलमाथि पानि बग्न थालेपछि समस्या भएको स्वामीकार्तिक गाउँपालिका–२ का रन्दिप बुढाले बताए ।
त्योसँगै कर्णाली नदीमा रहेका आधा दर्जन पुल निकै जोखिममा छन् । वाई वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, रुगिन मुगु–बाजुरा–हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका स्थानीय प्रभुराज पाण्डेले बताए । पुलसँगै छोप्ने गरी कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुरा कर्णाली पारिका गाउँ वाई, साप्पाटा, जुकोटमा आवतजावत गर्न कठिन भएको छ ।
एकातिर वर्षौं पुराना पुल जीर्ण छन् भने अर्कोतिर कर्णाली नदीको पानी सतहभन्दा पुलमाथि नै आएपछि जोखिम बढेको स्वामीकार्तिक गाउँपालिका कर्मचारी कुबेर शाहीले बताए । नदीमा पानीको बहाव नाप्ने कुनै यन्त्र नहुँदा जोखिम अध्ययन गर्न  ।

प्रतिक्रिया दिनुहोस्