प्रविधिले कोकाकोलाको आम्दानी बढायो «

प्रविधिले कोकाकोलाको आम्दानी बढायो

प्रविधिको प्रयोगले कोकाकोला हेलेनिक बोटलिङ कम्पनीले सन् २०१८ को पहिलो अर्धवार्षिकमा ६.४ प्रतिशत आम्दानी वृद्धि हासिल गरेको छ । यो वर्ष सम्पन्न भएको फिफा वल्र्ड कपको अवधिमा कोकाकोलाका उत्पादनहरूको बिक्रीका लागि गर्मीको मौसम र फुटबलको प्रतिस्पर्धाले सहयोगी भूमिका खेलेको भए पनि कम्पनीले उपयोग गरेको नयाँ प्रविधिका कारण आम्दानी बढेको हो ।
कोकाकोलाले प्रविधिको प्रयोग गरि डेटाको व्याख्या गरी बिक्री बढाउन सहयोगी भूमिका खेलेको एजेन्सीहरूले जनाएका छन् । कोकाकोला हेलेनिक कम्पनीले प्रविधिकम्पनी ट्राक्सले विकास गरेको नयाँ सिस्टमको उपयोग गरको छ । यसअघि कम्पनीले जुन काम मानिसको श्रमको प्रयोगबाट गर्ने गर्दथ्यो त्यो काम प्रविधिले ग-यो ।
रुसजस्तो विशाल भू–भाग भएको देशमा २ लाख बढी खुद्रा बिक्रेताहरू हुनसक्छन् । सुपरमार्केटका फर्निचरहरू वस्तु राख्ने ठाउँमा वस्तुलाई कसरी राख्ने भन्ने विषय महत्वपूर्ण विषय हो । यसलाई सेल्फ म्यानेजमेन्ट भनिन्छ । वस्तुको कुन ठाउँ खाली भयो । कति खाली भयो त्यसको तत्काल जानकारी राख्नुपर्ने र त्यसमा भर्नुपर्ने विषय महत्वपूर्ण हुन्छ । वल्र्डकपमा ४५ लाख पर्यटक आउने अनुमान गरिएको थिो त्यस अनुसार वस्तुलाई कसरी व्यवस्थित गर्ने यो महत्वपूर्ण विषय भएको कोकाकोला हेलेनिक रुसका परियोजना म्यानेजर अलेक्सान्दर माकारोभले भने ।
यसमा कर प्रणालीको कार्यान्वयन गरियो । यसले दिने परिणाम २० देखि २ मिनेटसम्म लिने गरेको माकारोभले जनायो । खेल सुरू हुनुअघि पसलहरूमा ९९.५ प्रतिशत उत्पादन उपलब्ध थियो । यो प्रविधिको प्रयोगका लागि क्यामरा र अगमेन्टेड रियालिटीको उपयोग ग-यो । यो स्मार्टफोन र ट्याब्लेटहरूबाट सञ्चालनमा आउने खालको थियो । प्रविधि कम्पनी ट्राक्सले सुपरमार्केटमा राखिएको वस्तुको अवस्थालाई स्पस्टरूपमा हेर्न सकिने बनाएको थियो । ट्राक्सका प्रमुख कार्यकारी जोएल बार एलले वस्तुको भौतिक अवस्था, भण्डारणको अवस्था र आकारको अवस्थालाई स्पस्ट बुझ्ने गरी प्रविधिको विकास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्