दाङमा सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर, शुभारम्भ «

दाङमा सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर, शुभारम्भ

सामसङ नेपालले दाङको घोराहीस्थित मैत्री टोलमा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । घोराहीस्थित नयाँ सर्भिस् सेन्टरको शुभारम्भ सामसङ नेपालका सर्भिस म्यानेजर राजन भट्टराई तथा आईएमएस केयर सर्भिस म्यानेजर कुनाल गुरुङले गरेका थिए । बिक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले यसअघि काठमाडौं उपत्यका भित्र (सुन्धारा, पाको, कमलादी) जावलाखेलमा, गोंगबु तथा उपत्यका बाहिर पोखरा, नारायणगढ, इटहरी, वीरगन्ज, नेपालगन्ज, विराटनगर, बुटबल, झापा, दाङमा आफ्नो आधिकारिक सर्भिससेन्टरहरू खोलिसकेको छ । ग्राहकहरूमाझ प्रस्तुत गरिएका सर्भिस् सेन्टरहरूले भरपर्दाे एवं सुलभ सेवा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । यो सर्भिस सेन्टरबाट दाडतथा आसपास क्षेत्रका ग्राहकहरूले लाभ लिन सक्ने छन् भन्ने कुरामा सामसङ विश्वास्त रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्